default_image

3 years ago

December 17, 2020

रोनाल्डो पेनाल्टीमा चुक्दा युभेन्टस रोकियो

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउदा युभेन्टस घरेलु मैदानमा एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ । एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा युभेन्टसका लागि फेडरिको चिसाले गोल गर्दा एटलान्टाका रेमो फ्रिउलेरले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ मिनेटमा नै रोनाल्डाले सुवर्ण अवसर खेर फालेका थिए । १२औं मिनेटमा रोनाल्डोको पासमा अल्भारो […]

47 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टी चुकाउदा युभेन्टस घरेलु मैदानमा एटलान्टासँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

एलिएन्ज एरिनामा बुधबार राति भएको खेलमा युभेन्टसका लागि फेडरिको चिसाले गोल गर्दा एटलान्टाका रेमो फ्रिउलेरले बराबरी गोल फर्काएका थिए । खेलको पाँचौ मिनेटमा नै रोनाल्डाले सुवर्ण अवसर खेर फालेका थिए ।

१२औं मिनेटमा रोनाल्डोको पासमा अल्भारो मोराटाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्टसले अग्रा लिन सकेन । २९औं मिनेटमा चिसाले रोड्रिगो बेन्टानकरको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा एटलान्टा बराबरीबाट चुक्यो ।

४१औं मिनेटमा रुस्लान मालिनोभ्स्कीको शक्तिशाली प्रहारलाई युभेन्टसका गोलरक्षक सेजेस्नीले मुस्किलले बचाउदै बराबरी टारे । ४८औं मिनेटमा मोराटाले सुवर्ण अवसर चुकाउदा अग्रता दोब्बर पार्नबाट चुक्यो । ५७औं मिनेटमा रेमो फ्रिउलेरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६१औं मिनेटमा युभेन्टसले पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएपनि रोनाल्डो चुके । फेडरिको चिसामाथि हेन्स हाटेनबोइरले पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोको प्रहारलाई गोलरक्षक गोलिनीले बचाए । लगत्तै ६२औं मिनेटमा मोराटाको प्रहारमा गोलिनीले बाधक बने ।

६३औं मिनेटमा म्याथ्थिज डि लेग्टको हेडरलाई गोलिनीले विफल पार्दै खेललाई बराबरीमै कायम राखे । ६६औं मिनेटमा रुवेन गोसेन्सको प्रहारमा युभेन्टसका गोलरक्षक सेजेस्नी बिट भएपनि उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

८६औं मिनेटमा रोनाल्डोको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा युभेन्ट्स जितबाट वञ्चित बन्यो । यो बराबरीसँगै युभेन्टस १२ खेलबाट २६ अंक जोडेर तेस्रो स्थानमा रहँदा एटलान्टा १८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा शीर्षस्थानको एसी मिलान जिनोआसँग २–२ गोलको बराबरीमा रोकिदा इन्टर मिलानले नेपोलीमाथि १–० को जित निकालेको छ ।

मिलानका डाभिड कालाब्रिया र पिएरे कालुलुले गोल गर्दाै जिनोआका माटिया डेस्ट्रोले दुवै गोल गरे । यो बराबरीले मिलान १२ खेलबाट २८ अकंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । जिनोआ ७ अंक जोडेर १८औं स्थानमा छ ।

यता, रोमेलु लुकाकुको पेनाल्टी गोलमा नेपोलीमाथि जित निकालेको इन्टर मिलान २७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । नेपोली २३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 30, 2024

एन्फाको यूके भ्रमण : टोली बाहिरका २० जना आफ्नै खर्चमा जाने तयारी

सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को साता बेलायतमा (यूके) मा हुने मैत्रीपूर्ण खेलका लागि २३ खेलाडी र ७ टिम अफिसियलसँगै अन्य ५ भीआइपी र १५ जनाको लागि भिसा प्रक्रियाका लागि अनुरोध गरेको तथ्य आएको छ । एन्फाले टोलीमा रहेका ३० जनाबाहेक अन्य २० जनाको भने खर्च नबेहोर्ने जनाएको छ । आफ्नै […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

Success

Thank you for your time.