default_image

3 years ago

December 18, 2020

नेयमारलाई घाइते बनाएपछि ज्यान मार्ने धम्की

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारलाई खराब ट्याकल गरेका कारण लियोनका थिएगा मेन्डेसले सिधै रातो कार्डको सामना गरेका थिए । इन्जुरी समयमा गरिएको त्यो खराब ट्याकलले गोलीगाँठामा चोट लागेपछि नेयमारलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो । १–० ले पिएसजी हारेको त्यो खेलमा नेयमारको चोट टोलीका लागि अर्को दुःखद घटना बनेको थियो […]

52 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार नेयमारलाई खराब ट्याकल गरेका कारण लियोनका थिएगा मेन्डेसले सिधै रातो कार्डको सामना गरेका थिए ।

इन्जुरी समयमा गरिएको त्यो खराब ट्याकलले गोलीगाँठामा चोट लागेपछि नेयमारलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो । १–० ले पिएसजी हारेको त्यो खेलमा नेयमारको चोट टोलीका लागि अर्को दुःखद घटना बनेको थियो ।

त्यो घटनापछि मेन्डेसको परिवारलाई भने ज्यान मार्ने धम्की आउन थालेको बताइएको छ । स्ट्रेचरमा मैदान बाहिर लाँदा नेयमार रोइरहेका थिए । २८ वर्षे फरवार्डको अवस्था हेर्दा उनी लामो समय मैदान बाहिर रहनु पर्ने अनुमान गरिएको थियो ।

तर, पिएसजीको मेडिकल टोलीले भने चोट गम्भिर नभएको र आइतबार लिलविरुद्धको खेलमा खेल्न सक्ने सम्भावना रहेको बताएका छन् । ‘गल्ति हुन्छन् । तर म यहाँ नेयमारसँग माफी माग्न चाहन्छु,’ मिडफिल्डर मेन्डेसले भनेका छन्, ‘आशा छ चोट धेरै गम्भिर हुने छैन ।’

तर कट्टर समर्थकहरुका लागि त्यो माफीको धेरै अर्थ नहुन सक्छ । त्यसै कारण मेन्डेसको परिवार र श्रीमतीलाई ज्यानमार्ने धम्की दिइएको छ । सामाजिक सञ्जालमार्फत पनि उनको परिवारलाई धम्की दिइएको छ ।

‘यदि नेयमारलाई केहि भयो भने तिमिले जीवन दिएर मुल्य चुकाउनु पर्नेछ । तिम्रो र तिम्रो परिवारले एक-एक गरि ,’ एउटा सन्देश यस्तो समेत रहेको मेन्डेसकी श्रीमतीले बताएकी छिन् । उनले त्यो सन्देश पुलिसलाई पठाएको बताएकी छिन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.