default_image

3 years ago

December 18, 2020

टोरिनोमाथि रोमाको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले १० खेलाडीमा समेटिएको टोरिनोमाथि ३–१ को सहज जित हात पारेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोरिनो खेलको १५औं मिनेटमा नै १० खेलाडीमा समेटिएपछि रोमाको सहज जित सम्भव भएको हो । खेलको १५औं मिनेटमा वेलफ्रेड सिंगो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रोमाले त्यसको फाइदा उठाउन […]

18 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले १० खेलाडीमा समेटिएको टोरिनोमाथि ३–१ को सहज जित हात पारेको छ ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा टोरिनो खेलको १५औं मिनेटमा नै १० खेलाडीमा समेटिएपछि रोमाको सहज जित सम्भव भएको हो । खेलको १५औं मिनेटमा वेलफ्रेड सिंगो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रोमाले त्यसको फाइदा उठाउन सफल भयो ।

२७औं मिनेटमा हेनरिक मिखटरियानले गोल गर्दै रोमालाई १–० को अग्रता दिलाए । ४३औं मिनेटमा जोर्डन भेरेटआउटले पेनाल्टीमार्फत गोल गरेपछि रोमाले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

६८औं मिनेटमा लोरेन्जो पेलेग्रेनीले बोर्जा मायोरलको पासमा गाल गर्दै रोमालाई सहज जिततर्फ अग्रसर गराए । ७३औं मिनेटमा एन्ड्रिया बेलोट्टीले गोल गर्दै टोरिनोको आशा जीवितै राखेपनि त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा रोमा ३–१ ले विजयी हुन सफल भयो ।

यो जितसँगै रोमा १२ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको युभेन्टससँग अंक बराबरी भएपनि गोलअन्तरमा रोमा पछि छ । पराजित टोरिनो ६ अंक जोडेर १९औं स्थनमा छ । शीर्षस्थानको एसी मिलानको २८ तथा दोस्रो स्थानको इन्टर मिलानको २७ अंक छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.