default_image

3 years ago

December 18, 2020

काभानीलाई प्रतिबन्ध

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ । इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई अध्ययन गर्दै तीन खेलको प्रतिबन्ध सुनाइएको हो । उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको भनेर ठानिएको छ । इंग्लिस फुटबल […]

45 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका उरुग्वेली फरवार्ड एडिन्सन काभानीलाई तीन खेलको प्रतिबन्ध सुनाइएको छ ।

इंग्ल्यान्ड फुटबल एसोसिएसन (एफए) ले काभानीले सामाजिक सन्जाल इन्स्टाग्राममा जातीय विभेद हुने गरी ‘नेग्रिटो’ लेखेको विषयलाई अध्ययन गर्दै तीन खेलको प्रतिबन्ध सुनाइएको हो ।

उनको त्यो पोस्टलाई अपमानजनक, अनुचित वा खेल बदनाममा ल्याइएको भनेर ठानिएको छ । इंग्लिस फुटबल गभर्निङ बडीले पनि उनको त्यो टिप्पणी जातीय विभेदको हुन खालको रहेको उल्लेख गरेको छ ।

एफएले जारी गरेको विज्ञप्तिमा उनले एफएको ई३३ अन्तरगतको नियम उल्लंघन गरेको आरोप लगाइएको छ । नियमअनुसार उनले ६ भन्दा बढी खेलको प्रतिबन्ध खेप्नुपर्ने भएपनि उनले तत्कालै पोस्ट हटाएर आफ्नो गल्ती स्वीकार गरेका कारण प्रतिबन्ध केही कम भएको पनि एफएले जनाएको छ ।

नोभेम्वर २९ मा साउथह्याम्टनमाथि ३–२ को पूनरागमन जित निकालेको खेलमा काभानीले दुई गोल गरेका थिए । त्यसपछि उनले इन्स्टाग्राममा जातीय विभेद ल्याउने खालको पोस्ट गरेका थिए । लगत्तै उनले आफनो पोस्ट हटाएका थिए ।

चोटका कारण पछिल्ला दुई खेलमा मैदान बाहिर रहेका ३३ वर्षीय काभानी अब कम्तीमा पनि जनवरी ४ सम्म मैदान बाहिर रहने एफएले जनाएको छ । काभानी यसै समरमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फ्रि ट्रान्सफरमा युनाइटेडमा अनुबन्ध भएका थिए ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.