default_image

3 years ago

December 18, 2020

‘द बेस्ट’ को नेपाली रोजाइमा सलाह

काठमाडौं (हाम्रो खेलकुद) – यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले जिते । अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए । उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे । दोस्रो स्थानमा […]

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यस वर्षको फिफा दि बेस्ट वर्ष पुरुष खेलाडीको अवार्ड पोलिस तथा जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले जिते ।

अघिल्लो सिजनको प्रदर्शनको आधारमा उनी स्वभाविक रुपमै अवार्डको हकदार थिए । उनैले नै आधुनिक फुटबलका हस्तीद्वय पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सीलाई पछि पार्दै यो अवार्ड हात पारे । दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो तथा तेस्रो स्थानमा मेस्सी रहे ।

अवार्डमा भोटिङ सिस्टम हुने भएकाले कसको भोट कसलाई भन्ने विषयले पनि अर्थ राख्दछ । उत्कृष्ट खेलाडीको भोटिङमा मेस्सीले रोनाल्डोलाई भोट दिएनन् भने रोनाल्डोले मेस्सीलाई भोट दिएका थिए ।

मेस्सीले पहिलो नम्बरमा नेयमार, दोस्रोमा केलियन एमबाप्पे र तेस्रोमा लेवान्डोस्कीलाई भोटि दिएका थिए । मेस्सीले भोट दिएका दुई खेलाडी शीर्ष तीनमा नै परेका थिएनन् । यता रोनाल्डोले पहिलो स्थानमा लेवान्डोस्की दोस्रोमा मेस्सी र तेस्रोमा एम्बाप्पेलाई भोट दिएका थिए ।

नेपालका तर्फबाट उत्कृष्ट खेलाडीको भोटिङमा कप्तानका रुपमा भरत खवासले मौका पाएका थिए । उनले भोट नगरेका खेलाडी यो पटक च्याम्पियन बने । खवासले मोहम्मद सलाह, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई क्रमश भोट गरेका थिए । खवासले प्रशिक्षकतर्फ योर्गेन क्लोप, जिनेदिन जिदान र हान्सी फ्लिकलाई रोखका थिए ।

यस्तै प्रशिक्षकको रुपमा बालगोपाल महर्जनले भोट गरेका थिए । बालगोपालले मोहम्मद सलाह, रोबर्ट लेवान्डोस्की र केभिन डी ब्रुएनलाई भोट गरेका थिए ।

महिलातर्फ नेपालकी कप्तान रेनुका नगरकोटेले साम केर, साकी कुमागाईं र जि सो योनलाई भोट गरेकी थिइन् । प्रशिक्षकतर्फ नगरकोटेले स्टेफन लर्च, सरिना वेगम्यान र लुइस कोर्टिसलाई भोट गरेकी थिइन् । प्रशिक्षक हरि खड्काको रोजाइ पनि त्यहि रहयो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.