default_image

3 years ago

December 18, 2020

लेवान्डोस्कीको गाथा : दुखान्त सुरुवातपछिको सफल करिअर

जब सन् २०२० को ब्यालोन डी’ओर अवार्ड समारोह रद्द भयो, फरवार्ड रोबर्ट लेवान्डोस्कीले निराशा लुकाएनन् । कोरोनाभाइरसका कारण आयोजक फ्रान्स फुटबलले समारोह नै रद्द गरेपछि उपाधिका दाबेदार लेवान्डोस्की दुखी हुनु स्वभाविक पनि थियो । बिहीबार भने फिफाको द बेस्ट अवार्ड जितेपछि उनले उक्त दुखमा मल्हम लगाएका छन् । लेवान्डोस्कीलाई लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित […]

48 views

0 Bookmark

जब सन् २०२० को ब्यालोन डी’ओर अवार्ड समारोह रद्द भयो, फरवार्ड रोबर्ट लेवान्डोस्कीले निराशा लुकाएनन् । कोरोनाभाइरसका कारण आयोजक फ्रान्स फुटबलले समारोह नै रद्द गरेपछि उपाधिका दाबेदार लेवान्डोस्की दुखी हुनु स्वभाविक पनि थियो । बिहीबार भने फिफाको द बेस्ट अवार्ड जितेपछि उनले उक्त दुखमा मल्हम लगाएका छन् ।

लेवान्डोस्कीलाई लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित शीर्ष ३ सुचिमा विजेताको रुपमा नै हेरिएको थियो । नहोस पनि किन, गतवर्ष उनको प्रदर्शन गजबको रहयो । ४७ खेलमा ५५ गोल गर्नेक्रममा उनी तीन प्रतियोगितामा सर्वाधिक गोलकर्ता बने । उनकै प्रदर्शनमा बायर्नले बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगको दुर्लभ तेहेरो उपाधि जित्यो । अझ त्यसमा यूईएफए सुपर कप र जर्मन सुपर कपको उपाधि पनि थप्न सफल रहयो ।

अहिले लेवान्डोस्कीको स्तरमा प्रश्न गर्ने सायदै कोहि होलान् । तर ३२ वर्षीय पोलिस फरवार्डको यात्रा फर्केर हेर्दा भने उनी यहाँसम्म आइपुग्लान भन्ने कमैले सोचेका थिए । यहाँसम्मकी उनले व्यावसायिक फुटबल खेल्न सक्लान् र भन्ने नै मुख्य प्रश्न थियो ।

सन् २००५ मा लेवान्डोस्की मात्र १७ वर्षका हुँदा उनले पिताको साथ गुमाए । जुडो खेलाडी समेत रहेका पिता क्रिस्टोफ युरोपको जुनियर च्याम्पियन समेत थिए । आफ्नो बुबाको साथ गुमाउँदा रोबर्ट चौथो श्रेणीको डेल्टा वार्साबाट देशको सर्वाधिक सफल क्लब लेजिया पुगेका थिए । करिअरको हिसाबमा छलाङ मारेका उनलाई परिवारको अवस्थाले भने सहज हुन सकेन ।

१७ वर्षको उमेरमा नै देशकै उत्कृष्ट क्लबमा पुगेका उनी रिजर्भ टोलीमा नियमित खेल्न थाले । तर सोचेअनुरुप नै अघि बढेको उनको करिअरमा चोट बाधक बन्न पुग्यो । घुँडाको चोट बोकेका रोबर्ट केही साता मैदानबाहिर रहने भए । लेजियाले त्यसपछि लिएको निर्णयले रोबर्टलाई स्तब्ध पार्यो । क्लबले आफ्नो भावी योजनामा उनी नरहेको र विकल्पमा रहेका अन्य खेलाडी राम्रो रहेको भन्दै उनलाई नराख्ने निर्णय लियो ।

त्यो सूचना पाएपछि उनी आफ्नो आमा इवोनासँग घर फर्किए । आफ्नो व्यावसायिक खेलाडी बन्ने सपनामा तुषारापात भएपछि उनले खाना खान पनि मानेनन् । शीर्ष डिभिजन क्लबको रिजर्भ टोलीमा खेलेको अनुभवकै कारण उनले तेस्रो श्रेणीमा भने अवसर पाए । सस्तोमा खेलाडी किनेर अवसर दिने र मोटो रकममा शीर्ष टोलीलाई बेच्ने छवी बनाएको निक्ज प्रुस्ज्को उनको गन्तव्य बन्यो ।

प्रुस्ज्कोका पूर्व अध्यक्ष मारेक स्लिविन्सकीका अनुसार रोबर्ट क्लबका लागि ‘गोल्डफिस’ को रुपमा आए । मात्र १ हजार पाउण्डमा लेजिया छाडेका रोबर्टले प्रुस्ज्कोमा मात्र २ सय ३० पाउन्ड प्रति महिना कमाउँथे । क्लबमा अन्य खेलाडीले उनीभन्दा ३ गुणा बढीसम्म तलब बुझ्थे । तर उनलाई खेल्नु थियो र छोटो समयमा नै उनले आफ्नो प्रभाव जमाए ।

पहिलो सिजनमा १५ गोल गर्दै प्रुस्ज्कोलाई दोस्रो श्रेणीमा पुर्याएका उनले दोस्रो सिजनमा पनि गोलको सिलसिला जारि राखे । सन् २००७ मा जचेक ग्रेम्बोच्कीको प्रशिक्षणमा प्रुस्ज्कोले पोल्यान्डको शीर्ष श्रेणीको यात्रा तय गर्न नजिक पुगेको थियो । रोबर्टले उक्त सिजन २१ गोल गरेपनि अन्त्यतिर टोलीले अपेक्षित नतिजा ल्याउन नसक्दा माथि चढ्न सकेन । तर शीर्ष श्रेणीका क्लब सबैको नजर अब रोबर्टमाथि थियो ।

सन् २००८ मा लेजियासँग रोबर्टलाई अनुबन्ध गर्ने अर्को अवसर थियो । तर क्लबले उनलाई नरोजी टेनेरिफेबाट मिकेल आरुबरेनालाई भित्र्यायो । रोबर्ट ३ लाख पाउण्डमा लेजियाकै चिर परिचित प्रतिद्वन्द्वी लेक पोज्नानमा अनुबन्धित भए । रोबर्टले पोज्नानका लागि उत्कृष्ट प्रदर्शन गर्दै ८२ खेलमा ४१ गोल गर्दा आरुबरेनाले भने लेजियाका लागि एक गोल पनि गर्न सकेनन् ।

रोबर्टले पहिलो रोजाईमा खेल्नका लागि पेरुका फरवार्ड हर्नान रेंगिफोसँग स्वस्थ प्रतिस्पर्धा गर्दै आफ्नो खेल सुधारे । सन् २००९-१० सिजनमा रोबर्टकै १८ गोलको मदतले पोज्नान लिग उपाधि जित्न सफल भयो । उनी शीर्ष लिगको सर्वाधिक गोलकर्ता समेत बने । त्यसै सिजन राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएका उनले पहिलो खेलमा नै गोल समेत गरे ।

दुई वर्ष पोज्नानमा बिताएपछि युरोपका ठुला लिगबाट उनलाई अनुबन्ध गर्ने प्रस्ताव आउन थाल्यो । प्रिमियर लिगको क्लब ब्लाकबर्न रोभर्समा अनुबन्ध हुने प्रक्रिया सुरु हुँदा ज्वालामुखी फुटेपछि उनको हवाई यात्रा रद्द भयो, जसले गर्दा इंग्ल्यान्ड यात्रा नै रोकिन पुग्यो । तर सौभाग्य भन्नुपर्छ, जर्मन क्लब बोरुसिया डर्टमुन्डले ४.५ मिलियन पाउण्डमा उनलाई अनुबन्ध गर्यो ।

डर्टमुन्डमा उनले पाराग्वेका लुकास बारियोससँग प्रतिस्पर्धा गर्नु पर्थ्यो । प्रशिक्षक योर्गेन क्लोपले सुरुवातमा उनलाई विंगमा खेलाएर अवसर दिए । तर आफ्नो भूमिकामा अब्बल भएपछि उनले मुख्य फरवार्डकै भूमिका पाए र छोटो अवधिमै उनी स्टारका रुपमा उदाए ।

त्यसपछि उनले करिअरमा फर्केर हेर्नुपरेको छैन । सन् २०१२-१३ को च्याम्पियन्स लिग सेमिफाइनलमा रियल म्याड्रिडविरुद्ध ४ गोल गरेका रोबर्ट अर्को सिजन बायर्न म्युनिख पुगे । सन् २०१५ मा बायर्नका लागि उनले वल्फ्सबर्गविरुद्ध ९ मिनेटको अन्तरमा ५ गोल गर्दै सनसनी मच्चाए । लगातार लिग उपाधि जित्दै आएका उनले क्लब फुटबलमा हासिल गर्न बाँकी कुनै उपाधि छैन ।

राष्ट्रिय टोलीका लागि रोबर्टले १ सय १६ खेलमा ६३ गोल गरेका छन् । पोल्यान्डको फुटबल इतिहासकै सर्वाधिक महान खेलाडीका रुपमा उनले आफ्नो परिचय स्थापित गराइसकेका छन् । अब उनको नजर समग्र विश्व फुटबलकै उत्कृष्टको सुचिमा पर्नुछ । ३२ वर्ष पुगेका रोबर्टसँग अझै आफ्नो करिअरको उत्कृष्ट समय बाँकी नै छ । मेस्सी र रोनाल्डोको अधिपत्य कमजोर हुँदै जाँदा सबैको नजर अब उनीमाथि अडिएको छ ।

बीबीसीका लुकास भ्राब्लिकको लेखको अनुवाद

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.