default_image

3 years ago

December 22, 2020

कौटिन्हो बेच्ने बार्सिलोनाको तयारी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नो ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होलाई जनवरी ट्रान्सफरमा बेच्ने तयारी थालेको छ । क्लबमा आर्थिक भार बढ्दै गएपछि बार्सिलोनाले महँगो मुल्यमा अनुबन्ध गरेका कौटिन्होलाई बेच्ने तयारी गरेको हो । बार्सिलोनाले कौटिन्होलाई २०१८ मा १४२ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो । लिभरपुल छाडेपछि एक सिजन बार्सिलोनामा नै बिताएपनि कौटिन्हो […]

29 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्नो ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होलाई जनवरी ट्रान्सफरमा बेच्ने तयारी थालेको छ ।

क्लबमा आर्थिक भार बढ्दै गएपछि बार्सिलोनाले महँगो मुल्यमा अनुबन्ध गरेका कौटिन्होलाई बेच्ने तयारी गरेको हो । बार्सिलोनाले कौटिन्होलाई २०१८ मा १४२ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट अनुबन्ध गरेको थियो ।

लिभरपुल छाडेपछि एक सिजन बार्सिलोनामा नै बिताएपनि कौटिन्हो अर्काे सिजन जर्मन क्लब बायर्न म्युनिखका लोनमा पुगेका थिए । गत समरमा उनी बार्सिलोना फर्किएका थिए । तर, बार्सिलोनामा कौटिन्होले अझैपनि सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् ।

क्लबको प्रबन्ध समितिका अध्यष कार्लस टुस्केट्सले क्लबमा बढ्दै गएको आर्थिक भारका कारण कौटिन्होलाई बेच्ने मनासयमा पुगेको बताइएको छ । २८ वर्षीय ब्राजिलियन प्लेमेकरले बार्सिलोनामा फर्किएपछि यो सिजन ११ खेल खेल्दा ३ गोल गरेका छन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले कौटिन्होलाई क्लबमै राख्ने मनासय बनाएका छन् । उनले कौटिन्होलाई लगातार मौका दिँदै आएका छन् । अब उनको यात्रा क्लबको निर्णयमा नै भर पर्नेछ । यद्यपि अन्सु फाती चोटबाट फर्केपछि भने उनले अवसरका लागि संघर्ष गर्नुपर्ने देखिन्छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.