default_image

3 years ago

December 22, 2020

बार्सिलोनामै केन्द्रित मेस्सी

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीका मनमा अहिलेको समयमा धेरै खाले प्रश्न हुन सक्छन् । उनको क्लबसँगको सम्झौता जुन ३० मा सकिँदैछ । जनवरी १ मा खुल्ने सरुवा बजारबाट उनी अन्य क्लबका लागि छलफल गर्न सक्नेछन् । मेस्सीले पछिल्लो सिजनको गतिविधिले यो सिजनको सुरुवातमा पनि असर गरेको बताएका छन् । सिजनको सुरुवातमा उनी क्लब छाड्न […]

41 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सीका मनमा अहिलेको समयमा धेरै खाले प्रश्न हुन सक्छन् । उनको क्लबसँगको सम्झौता जुन ३० मा सकिँदैछ । जनवरी १ मा खुल्ने सरुवा बजारबाट उनी अन्य क्लबका लागि छलफल गर्न सक्नेछन् ।

मेस्सीले पछिल्लो सिजनको गतिविधिले यो सिजनको सुरुवातमा पनि असर गरेको बताएका छन् । सिजनको सुरुवातमा उनी क्लब छाड्न चाहन्थे । क्लबसँगको सम्बन्धमा जटिलता आउने सम्भावना देखेपछि उनी पछि हटेका थिए । त्यति बेला आफू किन क्लबमै रहन राजी भएको विषयमा अन्तवार्तामार्फत प्रष्ट पारेका छन् ।

अहिले फेरि क्रिसमसको अवसरमा मेस्सीले दिएको अन्तवार्ता दिएका छन् । उनले त्यसमा आफूले राम्रो गरिरहरहेको बताएका थिए । उनले पछिल्लो सिजन आफ्ना लागि खराब रहेको समेत बताएका छन् । ‘यो सुरुबाट चल्दै आएको छ । पछिल्लो सिजन जे भयो । त्यो अहिलेको सिजनको सुरुवातमा पनि जारी रह्यो,’ मेस्सीले भनेका छन् ।

मेस्सीले बार्सिलोना छाड्लान् ?

मेस्सीले बार्सिलोना छाड्दा फेरि एक पटक यो चर्चा सुरु भएको छ । तर यसको प्रष्ट जवाफ कसैसँग छैन । तर मेस्सी आफू भने बार्सिलोनालाई उपाधि जिदाउन केन्द्रित रहेका छन् ।

‘म अहिले ठीक छन् । म साच्चै गम्भिरतापूर्व सबै चिजका लागि आउने दिनमा संघर्ष गर्नेछु,’ उनले भने, ‘म उत्साहित छु । अहिलेको समय क्लबका लागि कठीन छ । टोलीको स्तर र क्लबमा सबै चिज कठीन छन् । तर म आउने दिनका लागि आशावादी छु ।’

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

Success

Thank you for your time.