default_image

3 years ago

December 22, 2020

बर्नलेसँग वल्भ्सको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले बर्नलेसँग हार बेहोरेको छ । घरेलु टोली बर्नलेले वल्भ्साथि २–१ को जित निकालेको हो । ट्रप मुर बर्नलेमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा एस्ले बार्नेस र क्रिस वुड गोल गरे । वल्भ्सका फावियो सिल्भाले गोल गरेपनि टोलीको हार टार्न सकेन । प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा चार्ली टेलरको […]

33 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्सले बर्नलेसँग हार बेहोरेको छ । घरेलु टोली बर्नलेले वल्भ्साथि २–१ को जित निकालेको हो ।

ट्रप मुर बर्नलेमा सोमबार राति भएको खेलमा घरेलु टोलीको जितमा एस्ले बार्नेस र क्रिस वुड गोल गरे । वल्भ्सका फावियो सिल्भाले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

प्रतिस्पर्धात्मक खेलको ३५औं मिनेटमा चार्ली टेलरको पासमा एस्ले बार्नेसले गोल गर्दै बर्नलेलाई १–० को अग्रता दिलाए । दोस्रो हाफको शुरु ५१औं मिनेटमा क्रिस वुडले गोल गर्दै बर्नले अग्रता दोब्बर पारे ।

खेल सकिन एक मिनेट बाँकी रहँदा फावियो सिल्भाले पेनाल्टीमार्फत एक गोल फर्र्काएपनि वल्भ्सलाई खेलमा फर्कन निकै ढिला भइसकेको थियो । बेन्सनले सिल्भामाथि फल गरेपछि रेफ्रीले वल्भ्सलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सिल्भा चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्सले हार बेहोर्न पुग्यो ।

जितसँगै बर्नले १३ खेलबाट १३ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । पराजित वल्भ्स २० अंकसहित ११औं स्थानमा यथावत छ ।

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो । पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो । ४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर […]

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

Success

Thank you for your time.