default_image

1 year ago

April 27, 2024

लिभरपुलको वेस्ट ह्यामविरुद्ध बराबरी

623 views

0 Bookmark

एजेन्सी – इंग्लिश प्रिमियर लिग उपाधि दावेदार मानिएको लिभरपुल लाई उपाधि आकांक्षामा अर्को धक्का लागेको छ । पछिल्लो समय खराब लयमा रहेको लिभरपुल आज भएको खेलमा वेस्ट ह्याम विरुद्ध २-२ को बराबरीमा रोकिएको हो ।

पछि परेको अवस्था उल्ट्याउँदै अग्रता लिएको लिभरपुल अन्तिममा भने बराबरीमा रोकियो ।

४३औं मिनेटमा जेरड बावेनले मोहम्मद कुडुसको क्रसमा हेडर मार्फत गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

४८औं मिनेटमा एन्ड्रयू रोबर्टसनले लिभरपुललाई खेलमा बराबरीमा ल्याए । लुइस डियाजको पास लिँदै रोबर्टसनले लिएको प्रहार डिफ्लेक्ट भएर जालि तर्फ गएको थियो ।

६५औं मिनेटमा आत्मघाती गोलको मद्दतमा लिभरपुलले अग्रता लियो । ट्रेन्ट अलेकज्याण्डर आर्नोल्डको क्रस एडसन अल्भारेजले क्लियर गरेपछि कोडि गाक्पोको प्रहार गोलरक्षक अलफन्सो आरिओलालाई लाग्दै गोलमा परिणत भएको थियो ।

७७औं मिनेटमा वेस्ट ह्यामले बराबरी गर्यो । बावेनको क्रसमा मिखाएल एन्टोनियोले फ्रि हेडर प्रहार गर्दै खेलमा बराबरी गरे ।

बराबरी सँगै गत खेलमा एभर्टन विरुद्ध पराजित लिभरपुल ३५ खेलमा ७५ अंक सहित तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ७७ अंक छ । ३३ खेल खेलेको म्यानचेस्टर सिटीको ३३ खेलमा ७६ अंक छ ।

वेस्ट ह्याम भने ३५ खेलमा ४९ अंक सहित आठौ छ ।

प्रिमियर लिगमा आज नै थप ५ खेल हुँदै छन् ।

May 14, 2025

ब्वाइज युनियन विजयी

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्याइज युनियन क्लब जित हात पार्न सफल भएको छ। रोमाञ्चक खेलमा श्री कुमारी क्लबलाई ५-३ को हार चखाउन सफल भएको छ। यो जितमा ब्वाइज युनियनको रेलिगेसनबाट जोगिएको छ। खेलको १९ औं मिनेटमा पाल्देन तामाङको गोलमा श्री कुमारी ले पहिले अग्रता बनायो। तर यो अग्रता धेरै बेर टिकेन। […]

May 13, 2025

राष्ट्रिय कराते टोलीलाई ट्रयाक सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)- उज्वेकिस्तानको टासकनमा आयोजना हुने २१औं एकेएफ एसियाली सिनियर कराते च्याम्पियनसिपका सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक,अफिसियललाई ट्रयाक सुट र क्याप विरतरण गरिएको छ । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा तथा महासंघका कोषाध्यक्ष एवंम टोलीका व्यवस्थापक किशोर भट्टराईले आज खेलाडीलाई ट्रयाक सुट र क्याप वितरण गरे। ट्रयाक सुट र क्याप कोषाध्यक्ष भट्टराईले उपलब्ध […]

May 11, 2025

अस्ट्रेलियामा पूर्व कराते खेलाडीको एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियामा रहेका करातेका पूर्व खेलाडीको समूहले एभरेस्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालमा ल्याएका छन् । अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिलमा कार्यालय राखिएको एकेडेमीमा अहिले ९ सदस्यीय कार्यसमिति बनेको छ । एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन छन् । उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्यपदक, पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका स्वर्ण पदक […]

Success

Thank you for your time.