default_image

3 years ago

December 22, 2020

मोड्रिचले ग्रानडाविरुद्धको खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले स्पेनिस ला लिगा अन्तरगतको ग्रानडाविरुद्धको खेल गुमाउने पक्का भएको छ । रियलले बुधबार राति घरेलु मैदानमा ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । एइवरमाथि ३–१ को जित निकालेको खेलमा मोड्रिचले बायाँ खुट्टाको मांशपेशीमा सामान्य चोट बोक्न पुगेका थिए । सोही कारण उनी टोलीको सोमबारको प्रशिक्षणमा सामेल भएनन् । […]

28 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियन मिडफिल्डर लुका मोड्रिचले स्पेनिस ला लिगा अन्तरगतको ग्रानडाविरुद्धको खेल गुमाउने पक्का भएको छ ।

रियलले बुधबार राति घरेलु मैदानमा ग्रानडासँग प्रतिस्पर्धा गर्दैछ । एइवरमाथि ३–१ को जित निकालेको खेलमा मोड्रिचले बायाँ खुट्टाको मांशपेशीमा सामान्य चोट बोक्न पुगेका थिए । सोही कारण उनी टोलीको सोमबारको प्रशिक्षणमा सामेल भएनन् ।

उनको मंगलबार थप परिक्षण गरिदा चोट सामान्य रहेको र सँगै मांसपेशीमा बढी भार परेकाले एक खेल गुमाउने क्लबले जनाएको छ । ३५ वर्षीय मिडफिल्डर मोड्रिचले एइवरविरुद्धको खेलमा ७२ मिनेट मैदानमा बिताएका थिए । उनको स्थानमा प्रशिक्षक जिनेदिन जिदानले फेडरिको भाल्भेर्डेले मैदानमा प्रवेश गराएको थियो ।

रियलले पछिल्लो ५ खेलमा शतप्रतिशत जित निकाल्दा मोड्रिचले सबै खेलमा पलिहो रोजाईमा मौका पाएका थिए । प्रशिक्षक जिदानले पनि मोड्रिचलाई खेलाएर कुनै जोखिम नमोल्ने बताएका छन् । ग्रानडापछि रियलले सन् २०२० को अन्तिम खेल इल्चेसँग ३० डिसेम्वरमा उसकै मैदानमा खेल्दैछ ।

रियल १४ खेलबाट ९ जित, २ बराबरी र ३ हारको नतिजाका साथ २९ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.