default_image

3 years ago

December 22, 2020

मैदानमै विपक्षी खेलाडीलाई थुकेपछि प्रतिबन्ध

एजेन्सी – खेलका दौरान रिसले चुर हुँदै विपक्षी खेलाडीलाई थुकेपछि फ्रान्सेली फरवार्ड मार्कस थुरामलाई जर्मन फुटबल संघले नगद जरिवानासँगै ६ खेल प्रतिबन्ध लगाएको छ । जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट खेल्दै आएका थुरामले होफेनहाइमविरुद्ध गत साता भएको खेलमा दुर्व्यवहार गरेका थिए । उनले डिफेन्डर स्टेफान पोस्चलाई थुकेपछि रेफ्रीले खेलका दौरान नै उनलाई रातो कार्ड देखाएका थिए […]

31 views

0 Bookmark

एजेन्सी – खेलका दौरान रिसले चुर हुँदै विपक्षी खेलाडीलाई थुकेपछि फ्रान्सेली फरवार्ड मार्कस थुरामलाई जर्मन फुटबल संघले नगद जरिवानासँगै ६ खेल प्रतिबन्ध लगाएको छ ।

जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकबाट खेल्दै आएका थुरामले होफेनहाइमविरुद्ध गत साता भएको खेलमा दुर्व्यवहार गरेका थिए । उनले डिफेन्डर स्टेफान पोस्चलाई थुकेपछि रेफ्रीले खेलका दौरान नै उनलाई रातो कार्ड देखाएका थिए । उनले रातो कार्ड पाउँदा १-१ को बराबर रहेको खेलमा बोरुसिया २-१ ले पराजित भएको थियो ।

सन् १९९८ मा विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोलीका सदस्य लिलियन थुरामका छोरा मार्कस पछिल्लो समय राम्रो लयमा थिए । २३ वर्षीय उनलाई संघले ४० हजार युरो (झन्डै ५७ लाख नेपाली रुपैयाँ) जरिवाना पनि गराएको छ । यसबाहेक क्लबले पनि उनलाई १ लाख ५० हजार युरो (२ करोड १५ लाख रुपैयाँ) बराबर रकम सामाजिक कार्यमा दान गर्नुपर्ने जनाएको छ ।

क्लबले विज्ञप्ति जारी गर्दै मार्कसले जरिवाना र कारवाही स्वीकारेको बताएका छन् । त्यस्तै उनी आफैंले पनि उक्त घटनापछि माफी मागेका छन् । ‘यो मेरो स्वभाव अनुसारको कार्य होइन । यो हुनै नपर्ने कार्य भयो । मैले गलत तरिकाले व्यवहार गरें र यो मैले जानेर गरेको होइन । म सबैसामु माफी माग्न चाहन्छु र यसको कारवाही सहर्ष स्वीकार्नेछु,’ उनले भने ।

April 28, 2024

शीर्ष टोली कोशी रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला लिग छनोट लिगको शीर्ष टोली कोशी प्रदेश बराबरीमा रोकिएको छ । अघिल्ला ४ खेलमा शत प्रतिशत जित निकालेको कोशीलाई आइतबारको दोस्रो खेलमा मधेश प्रदेशले गोलरहित बराबरीमा रोकेको हो । ५ खेलपछि ४ जित र १ बराबरका १३ अंकसहित शीर्षस्थानमा यथावत छ । समान खेलमा ७ अंकसहित मधेश चौथो स्थानमा छ […]

April 28, 2024

टोटेनहममाथि आर्सनलको जित

एजेन्सी – शीर्षस्थानको आर्सनलले इंग्लिस प्रिमियर लिगमा विजय यात्रालाई जारी राखेको छ । आर्सनलले आइतबार भएको खेलमा शीर्ष पाँचको टोटनहमलाई ३–२ ले हराएको छ । खेलमा ३–० ले पछि परेरपनि टोटेनहम २ गोल फर्काउन सफल भएको थियो । यद्दपी टोली राबरी गर्न भने असफल रह्यो । आर्सनलको जितमा बुकायो साका, काइ हार्भेट्जले गोल गरे । […]

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

Success

Thank you for your time.