default_image

3 years ago

December 23, 2020

मेस्सीको कीर्तिमानमा बार्सिलोनाको सानदार जित

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ । मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले अवे मैदानमा महत्वपुर्ण जित हात पारेको हो । भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको […]

64 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि ३–० को सानदार जित हात पारेको छ ।

मेस्सीको कीर्तिमानी गोल र क्लेमेन्ट लेङ्लेट र मार्टिन ब्रेथवेटले गोल गरेपछि बार्सिलोनाले अवे मैदानमा महत्वपुर्ण जित हात पारेको हो । भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले खेलको २१औं मिनेटमा क्लमेन्ट लेङ्लेटको गोलबाट अग्रता लिएको थियो ।

उनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गरेका थिए । ३५औं मिनेटमा मार्टिन ब्रेथवेटले सर्जिनो डेस्टको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा पेड्रीको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।

मेस्सीले रियल भालाडोलिडविरुद्ध एक गोल गरेपछि एकै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउदै कीर्तिमान बनाएको हो । यसअघि यो कीर्तिमान ब्राजिली लेजेन्ड तथा महान् फुटबलर पेलेको नाममा रहेको थियो । पेलेले ब्राजिली क्लब सान्तोषबाट ६४३ गोल गर्दा मेस्सीले बार्सिलोनाको लागि ६४४ गोल गरेका हुन् ।

घरेलु टोलीविरुद्ध बार्सिलोनाले ६० प्रतिशत भन्दा बढी बल पोसेसन राख्दा भालाडोलिडले कुनैपनि समय बार्सिलोनाको पोस्टमा गतिलो पोस्ट आक्रमण बुन्न सकेन ।

जितसँगै बार्सिलोना १४ खेलबाट २४ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित भालाडोलिड १४ अंक जोडेर १८औं स्थानमा छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.