default_image

3 years ago

December 23, 2020

घरेलु मैदानमा युभेन्टसको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टसले फियोरेन्टिनालाई ३–० ले नतिजा सुम्पिएको हो । युभेन्टसलाई स्तब्ध पार्न फियोरेन्टिनाका डुसान भ्लाहोभिक र मार्टिन कासेरेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति […]

43 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्टसले घरेलु मैदानमा लज्जास्पद हार बेहोरेको छ । सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोर्ने क्रममा १० खेलाडीमा समेटिएको युभेन्टसले फियोरेन्टिनालाई ३–० ले नतिजा सुम्पिएको हो ।

युभेन्टसलाई स्तब्ध पार्न फियोरेन्टिनाका डुसान भ्लाहोभिक र मार्टिन कासेरेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । एलिएन्ज स्टेडियम टोरिनोमा मंगलबार राति भएको खेलमा पाहुना टोली फियोरेन्टिनाले खेलको तेस्रो मिनेटमा नै डुसान भ्लाहोभिकको गोलबाट अग्रता लिएको थियो । उनले फ्रान्क रिवेरीको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको युभेन्टस १८औं मिनेटमा १० खेलाडीमा समेटियो । जुवान क्वारड्राडोले गेइटानो कास्ट्रोभेल्लीलाई फल गरेपछि सुरुमा पहेलो कार्ड देखाएपनि भिएआरको सहाया लिदै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएपछि युभेन्टस समस्यामा परेको थियो ।

१० खेलाडीमा समेटिएपनि युभेन्टसले फियोरेन्टिनालाई दवावमा राखेपनि ७६औं मिनेटमा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्टसको खेलमा फर्कने सम्भावना सकिएको थियो । अम्राबातको प्रहार ब्लक भएपछि रिवाउन्डमा फ्रान्क रिवेरीले दिएको पासलाई क्रिस्टियानो बिराघीले क्रस गर्दा एलेक्स सान्द्रोले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

८१औं मिनेटमा बिराघीकै पासमा मार्टिन कासेरेसले गोल गर्दै फियोरेन्टिनालाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टसले सिरी ‘ए’ मा पहिलो हार चाख्न बाध्य बन्यो ।

यो हारसँगै युभेन्टस १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा झर्दा फियोरेन्टिना १४ अंक जोडेर १५औं स्थानमा उक्लिएको छ । युभेन्टस शीर्षस्थानको एसी मिलानसँग ७ अंकले पछि परिसकेको छ ।

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लियोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको हो। पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

Success

Thank you for your time.