default_image

3 years ago

December 23, 2020

एट्लेटिको म्याड्रिडको ३ अंकको अग्रता

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ । रियल सोसिडाडमाथि २–० को सहज जित निकाल्दै एट्लेटिकोले शीर्षस्थानमा रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको हो । यद्दपि एट्लेटिकोले रियलले भन्दा अझै एक खेल कम खेलेको छ । एट्लेटिको १३ खेलबाट ३२ अंक पुगेको छ । एक खेल बढी खेलेको […]

40 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले शीर्षस्थानमा स्पष्ट ३ अंकको अग्रता लिएको छ ।

रियल सोसिडाडमाथि २–० को सहज जित निकाल्दै एट्लेटिकोले शीर्षस्थानमा रियल म्याड्रिडलाई ३ अंकले पछि पारेको हो । यद्दपि एट्लेटिकोले रियलले भन्दा अझै एक खेल कम खेलेको छ ।

एट्लेटिको १३ खेलबाट ३२ अंक पुगेको छ । एक खेल बढी खेलेको रियलको २९ अंक छ । एट्लेटिकोले भन्दा तीन खेल बढी खेलेको सोसिडाडको २६ अंक छ ।

रियाले एरिनामा मंगलबार राति भएको खेलमा घरेलु टोली सोसिडाडमाथिको जितमा एट्लेटिकोका मारियो हर्माेसो र मार्काेस लोरेन्टेले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक खेलको २०औं मिनेटमा डेभिड सिल्भा र मिकेल मेरिनोको वान टु वान पासमा विलियन जोसको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा सोसिडाड अग्रता लिनबाट चुकेको थियो । २४औं मिनेटमा लुइस सुआरेज चुक्दा एट्लेटिकोले अग्रता लिन सकेन ।

४९औं मिनेटमा यान्निक कारास्कोको पासमा मारियो हर्माेसोले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । ५५औं मिनेटमा कप्तान कोकीको पासमा कारास्को चुक्दा एट्लेटिकोले अग्रा बढाउन सकेन ।

७४औं मिनेटमा कारास्कोको पासमा मार्काेस लोरेन्टेले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । ८४औं मिनेटमा मेर्किलान्जको २५ यार्ड टाढाको फ्रिकिकलाई गोलरक्षक जान ओब्लाकले उत्कृष्ट बचाउ गर्दा सोसिडाडले गोलअन्तर घटाउन सकेन ।

ला लिगामा सोसिडाडको यो लगातार तेस्रो हार हो । यसअघि सोसिडाड बार्सिलोना र लेभान्टेसँग समान २–१ ले पराजित भएको थियो ।

अन्य नतिजा
इल्चेविरुद्ध ओसासुना (२–२), भ्यालेन्सियाविरुद्ध सेभिया (०–), हुएस्काविरुद्ध लेभान्टे (१–१), भालाडोलिडविरुद्ध बार्सिलोना (०–), भिल्लारियलविरुद्ध एथलेटिको बिल्वाओ (१–१)

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.