9 years ago
September 22, 2016
हाम्रो खेलकुद – बार्सिलोनाका स्टार फरवार्ड लिओनेल मेस्सीले गएराति भएको स्पेनिस ला लिग अन्तर्गत अट्लेटिको म्याड्रिड विरुद्धको खेलमा चोट बोकेका छन्।

मेस्सिले ग्रोइनमा चोट बोकेका कारण आगामी तिन खेल नखेल्ने प्रशिक्षक लुइस एन्रिकेले जानकारी दिएका हुन्। मेस्सिले सेप्टेम्बर २४मा हुने स्पोर्टीङ्ग गिहोन , २८तारिखमा हुने मोन्चेनग्ल्याडब्याक र २ अक्टोबरमा सेल्टा भिगोसंगको खेलमा सहभागिता जनाउने छैनन्।
गत सिजन पनि मेस्सी घुँडाको चोटका कारण दुइ महिना खेल मैदान बाहिर रहेका थिए। मेस्सिको अनुपस्थिति संगै गोल गर्ने भार अब नेयमार र सुआरेजमाथि थपिएको छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]