default_image

9 years ago

September 24, 2016

आर्सनल र चेल्सी भिड्दै

161 views

0 Bookmark

हाम्रो खेलकुद – इङ्गलिष प्रिमिएर लिग अन्तर्गत आज राती हुने खेलमा आर्सनल र चेल्सी आमने सामने हुँदै छन्।

Chelsea Arsenal

चेल्सी र आर्सनल दुबई टोलि १०-१० अंक बोकेर प्रिमिएर लिगको क्रमश: पाँचौ र चौथौ स्थानमा छन्। आर्सनलले आफ्नो पछिल्लो खेलमा हाल सिटिलाई ४-१ले हराएको थियो भने चेल्सी लिभरपुलसंग २-१ले पराजित भएको थियो।

दुइ टोलीबीचको पछिल्लो छ खेलमा आर्सनलले एक मात्र जित हात पारेको छ भने चेल्सी चारपटक विजयी भएको छ।

आजको खेलमा आर्सनलका ओलिभिएर जिरुको उपस्थिति नहुने सम्भावना बढेको छ भने चेल्सीका कप्तान जोन टेरी चोटका कारण अनुपस्थित रहनेछन।

आर्सनलका लागि लगातार गोल गरिरहेका नयाँ खेलाडी ग्रानिट झाका मैदानमा देखिनेछन् भने लिग कपमा दुइ गोल गरेका सेस फेब्रिगास चेल्सीको टोलीमा अटाउन सक्नेछन्।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.