default_image

3 years ago

January 5, 2021

हालान्ड अन्यत्र जानेमा डर्टमुन्ड विश्वस्त

एजेन्सी – एक दिन इर्लिङ हालान्डले बोरुसिया डर्टमुन्ड छाड्ने विषय क्लब व्यवस्थापनले पनि बुझेको छ । तर डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले भने युवा फरवार्डले आफ्नो खेललाई अझै स्तरीय बनाउन तत्काल क्लब छाड्न नहुनेमा जोड दिन्छन् । गत वर्ष डर्टमन्ड पुगेयता हालान्डले क्लबका लागि लगातार जसो गोल गर्दै आइरहेका छन् । त्यसै कारणले पनि उनी […]

55 views

0 Bookmark

एजेन्सी – एक दिन इर्लिङ हालान्डले बोरुसिया डर्टमुन्ड छाड्ने विषय क्लब व्यवस्थापनले पनि बुझेको छ । तर डर्टमुन्डका सिइओ हान्स जोचिम वाट्ज्केले भने युवा फरवार्डले आफ्नो खेललाई अझै स्तरीय बनाउन तत्काल क्लब छाड्न नहुनेमा जोड दिन्छन् ।

गत वर्ष डर्टमन्ड पुगेयता हालान्डले क्लबका लागि लगातार जसो गोल गर्दै आइरहेका छन् । त्यसै कारणले पनि उनी अहिले पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पले जस्तै महत्वपूर्ण खेलाडीका रुपमा स्थापित हुने क्रममा छन् ।

‘डर्टमुन्डमा उनको भूमिका कस्तो छ इर्लिङ र उनका एजेन्ट मिनो राओलालाई राम्ररी थाहा छ,’ वाट्क्जेले भने, ‘रोर्बेट लेवान्डावस्की जस्तै गर्न म उनलाई सल्लाह मात्र दिन सक्छु । जसले विश्व स्तरीय खेलाडी बन्नका लागि समय लिएका थिए ।’

एकै वर्षमा कोहि पनि स्तरीय खेलाडी बन्न नसक्नेमा पनि वाट्क्जेले सुझाए । ‘हामीलाई राम्ररी थाहा छ कि इर्लिङले डर्टमुन्ड भन्दा ठूलो टोलीका लागि क्लब छाड्नेछन् । त्यति बेला उनलाई लिन सक्ने क्लब धेरै हुने छैनन्,’ उनले थपे, ‘यदि उदाहरणका लागि उनी रियल म्याड्रिड आबद्ध हुन चाहन्छन् भने उनले आफूलाई माथिल्लो स्तरमा पुर्याउनुपर्ने हुन्छ ।’

फ्रि ट्रान्सफरमा बायर्न म्युनिख जानुअघि लेवान्डोवस्कीले योर्गान क्लबको प्रशिक्षणमा डर्टमुन्डमा बिताएका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित डर्टमुन्डले दुई पटक बुन्डेसलिगा उपाधि जितेको थियो ।

डर्टमुन्डसँग हालान्डको सम्झौता सन् २०२४ को जुन सम्म रहेको छ । वाट्क्जेले नर्वेजियन हालान्डले यो वर्ष क्लब छाड्नका लागि रिलिज क्लज वा मौखिक सहमति गरेको विषयलाई बारम्बार अस्वीकार गरेका छन् ।

सञ्चारमाध्यमले भने २०२२ सम्मका लागि हालान्डका लागि ७५ मिलियन युरो रिलिज क्लज राखिएको दावी गरेका छन् । यद्दपी त्यो आधिकारिक पुष्टी भएको छैन ।

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

Success

Thank you for your time.