default_image

3 years ago

January 5, 2021

साउथह्याम्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग स्तब्ध बनेको छ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो । प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो । साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल खेलको दोस्रो […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल साउथह्याम्टनसँग स्तब्ध बनेको छ । पछिल्लो दुई खेलमा जित निकाल्न नसकेको लिभरपुल साउथह्याम्टनसँग उसकै मैदानमा १–० ले स्तब्ध बनेको हो ।

प्रिमियर लिगमा लिभरपुलको यो दोस्रो हार हो । यसअघि लिभरपुल एस्टन भिल्लासँग ७–२ ले पराजित भएको थियो । साउथह्याम्टनमा सोमबार राति भएको खेलमा लिभरपुल खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो ।

ड्यानी विङ्सले जेम्स वार्ड प्रोउजको पासमा गोल गरेको थियो । एक गोलले पछि परेको लिभरपुलले त्यसपछि लगातार घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न असमर्थ बन्यो ।

पाँचौ मिनेटमा मोहम्मल सलाहको पासमा रोबर्टाे फिर्मिनोको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १३औं मिनेटमा एलेक्सान्डर अर्नाेल्डको कर्नरमा कप्तान जोर्डन हेन्डरसनको प्रहार आकासियो । ३४औं मिनेटमा थियागो अलकान्ताराको पासमा साडियो मानेले गोल गर्न सकेनन् ।

४०औं मिनेटमा जोर्डन हेन्डरसनले अर्काे सुवर्ण अवसर गुमाउदा लिभरपुल बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मानेको प्रहारले पोस्टको दिशा लन सकेन ।

५८औं मिनेटमा मानेको प्रहारलाई स्टेफेन्सले उत्कृष्ट ब्लक गर्दै लिभरपुलको बराबरी टारे । ६८औं मिनेटमा फिर्मिनोको पासमा मानेको लो क्रस प्रहारलाई डियालोले उत्कृष्ट डिफेन्स गदै लिभरपुललाई निराश पारे ।

८४औं मिनेटमा साउथह्याम्टनले बराबरी गर्ने सुन्दर अवसर गुमायो । थ्रुबलमा भालेरीको प्रहारलाई हेन्डरसनले गोललाइनबाट क्लियर गरे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मानेको हेडर बाहिरिदा लिभरपुलले १–० को स्तब्धपुर्ण नतिजा आत्मसात गर्नुपर्‍यो ।

यो हारले लिभरपुलले शीर्षस्थानमा ३ अंकको अग्रता लिने अवसर गुमाएको छ । लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ । एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको पनि ३३ अंक छ । साउथह्याम्टन २९ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

Success

Thank you for your time.