default_image

3 years ago

January 6, 2021

टोटेनहम कारावाओ कपको फाइनलमा

एजेन्सी – च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे । पहिलो र […]

35 views

0 Bookmark

एजेन्सी – च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि सहज जित निकाल्दै प्रिमियर लिग क्लब टोटेनहम हस्टपर इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारावाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि २–० को सहज जित हात पारेको हो । टोटेनहमको जितमा मोउसा सिस्सोको र ह्युङ मिन सनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल निस्किएको थियो ।

खेलको १२औं मिनेटमा नै सिस्सोकोको गोलबाट टोटेनहमले खेलमा अग्रता लिएको थियो । उनले सर्जिया रिगुइलोनको पासमा गोल गरेका थिए । ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । सनले टांगी एनडोम्वेलेको पासमा गोल गरेका थिए ।

८४औं मिनेटमा ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो । पिएर इमिल होब्जजर्गमाथि गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै जोसुवा डासिल्भालाई सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिर पठाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा ब्रेन्टफोर्डले पनि केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा फाइनल पुग्नबाट वञ्चिन हुन पुग्यो ।

अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीच आज राति ओल्डट्राफोर्डमा प्रतिस्पर्धा हुदैछ । फाइनल २५ अप्रिलमा हुनेछ ।

टोटेनहम १३ वर्षयता उपाधि विहीन छ । २००८ मा लिग कप जितेयता टोटेनहमले त्यसपछि चारपटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको छैन । टोटेनहम लिग कप र च्याम्पियन्स लिगको फाइनलमा पुगेपनि उपाधि जित्न सके । २०१७ मा प्रिमियर लिग टोटेनहम उपविजेता बनेको थियो ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.