default_image

3 years ago

January 6, 2021

रामोस र रियलबिच सहमति जुटेन

एजेन्सी – रियल म्याड्रिडसँगको सम्झौता नविकरणका विषयमा कप्तान सर्जियो रामोस अझै तयार भएका छैनन् । पछिल्ला छलफलहरु बाट दुई पक्ष सहमतीको निकै टाढा रहेको बताइएको छ । रक्षक रामोस र रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजबीच छलफल भएपनि कुनै सहमति भने हुन सकेन । शनिबारला लिगाको खेल अघि उनीहरुबीच भालडेबेबासमा कुराकानी भएपनि त्यसले झन जटिलता बढाएको अनुमान […]

44 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडसँगको सम्झौता नविकरणका विषयमा कप्तान सर्जियो रामोस अझै तयार भएका छैनन् । पछिल्ला छलफलहरु बाट दुई पक्ष सहमतीको निकै टाढा रहेको बताइएको छ ।

रक्षक रामोस र रियलका अध्यक्ष फलोरेन्टिनो पेरेजबीच छलफल भएपनि कुनै सहमति भने हुन सकेन । शनिबारला लिगाको खेल अघि उनीहरुबीच भालडेबेबासमा कुराकानी भएपनि त्यसले झन जटिलता बढाएको अनुमान गरिएको छ । सेल्टा भिगोको खेलअघि उनीहरु दुई जानाबीच टनेलमा पनि भेट भएको थियो ।

अहिलेकै पारिश्रमिकमा एक वर्षको सम्झौता नविकरणका लागि रियलले प्रस्ताव गरेको छ । तर, रामोस भने कम्तीमा दुई वर्षको नविकरण चाहन्छन् । त्यसमा पारिश्रमिक घटाउने विषय पनि उल्लेख छैन । कुनै छलफल विना पनि त्यो प्रस्ताव अघि बढोस भन्नेमा रामोस रहेको बताइन्छ ।

अब फेरि दुई पक्षबीच कहिले छलफल हुन्छ भन्ने कुनै टुंगो छैन । अब उनी आउने समरमा सरुवा हुनका लागि कुनै पनि क्लबसँग छलफल गर्न स्वतन्त्र छन् ।

अहिलेकै अवस्थामा हेर्दा रामोस वा लुकास भाज्क्वेजसँगको सम्झौता नविकरण तत्काल सम्भव देखिएको छैन । रियलका प्रशिक्षक जिनेदिन जिदान भने दुवैलाई यो सिजन पछि पनि क्लबमै चाहन्छन् ।

रामोससँगको विषय भनेको सम्झौता अवधिलाई लिएर हो । उनी एक वर्षको लागि मात्र सम्झौता गर्न तयार छैनन् । अर्को तर्फ भाज्क्वेजको भने पारिश्रमिक मुख्य विषय हो । क्लबले उनलाई अहिलेकै पारिश्रमिकमा नविकरणका लागि प्रस्ताव गरेको छ । तर उनी त्यो भन्दा राम्रो पारिश्रमिक पाउनुपर्ने पक्षमा छन् ।

दुवै विषय अहिलेका लागि जटिल देखिएको छ । यसको सहज समाधान देखिएको छैन । तर, त्यसका वावजुद पनि यी दुई खेलाडीका लागि क्लबले नयाँ प्रस्ताव राखेमा त्यो आश्चार्य भने हुने छैन ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.