default_image

9 years ago

September 24, 2016

मेस्सि बिनाको बार्सिलोनाको पाँच गोल

195 views

0 Bookmark

बार्सिलोनाको प्रशिक्षक लुइस इन्रीकेको भनाइलाई अर्थ दिदै मेस्सी बिनाको बार्सिलोनाले स्पोर्टिङ गिजोन बिरुद्ध फराकिलो जित हात पारेको छ ।

suarez-and-neymar

बार्सिलोना ले अवे खेलमा स्पोर्टिङ गिजोन बिरुद्ध ५-०को फराकिलो जित हासिल गर्दै ला लिगा मा आफ्नो फर्म वापस ल्याउन सफल भएको छ । चोटको कारण करिब ३ हप्ता मेस्सी बिना ओर्लनु पर्ने बार्सिलोना को लागी स्वारेज्, टुरान , राफिना र नेमारले गोल गरे ।

खेलको आधा घण्टा भन्दा अघी टुरानको असिस्टमा गोल गर्दै स्वारेजले बार्सिलोनालाई अग्रता दिलाए । त्यसको दुइ मिनेट पछी सर्जियो रोबर्टोको क्रसमा हेडर मार्फत गोल गर्दै राफिनोले बार्सिलोनालको अग्रता दोब्बर गर्दै बार्सालाई सहज जित तर्फ डोहोर्‍याए ।

खेलको अन्तिम १० मिनेटमा बार्सिलोनाले ३ गोल गर्न सफल भयो । नेमारले ८१ मिनेटमा गोल गर्दै बार्सिलोनालाई तेस्रो गोल दिलाए भने टुरानले ८५ मिनेटमा गोल गरे । त्यस्तै ८८ मिनेटमा गोल गर्दै नेमार ले बार्सिलोनालाई पाचौ गोल दिलाए ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.