default_image

3 years ago

January 7, 2021

एटलेटिको म्याड्रिडको लज्जास्पद हार

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एटलेटिको म्याड्रिडले कोपा डेल रे अन्तर्गत बुधबार रातीको खेलमा तेस्रो श्रेणी क्लब युडी कोर्नेलासँग १-० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो । अगुस्टिन मेडिनाको फ्रिकिकमा एड्रीएन जिमिनेजले गोल गर्दै कोर्नेलालाई अग्रता दिलाएका थिए । एटलेटिकोले आफ्ना केहि मुख्य खेलाडीलाई विश्राम दिएपनि बलियो टोली नै उतारेको थियो । यद्यपि खेलका दौरान टोलीले मुख्य डिफेन्डर जोसे जिमिनेजलाई चोटका कारण गुमाउन पुग्यो ।

खेलमा बल पोसेसनमा पकड राखेपनि एटलेटिकोको आक्रमण भने निकै फितलो रहयो । विपक्षी गोलरक्षक जुआन रोमानले खासै राम्रो बचाउ गर्न नपरेको खेलमा एटलेटिको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित भएको थियो । रिकार्ड सान्चेज दोहोरो पहेंलो कार्डसँगै बाहिरिएका थिए ।

एटलेटिको लगातार दोस्रो सिजन तेस्रो श्रेणीको टोलीसँग हार बेहोर्न पुगेको हो । गत सिजन कल्चरल लिओनेसाले एटलेटिकोलाई प्रतियोगिताबाट बाहिर गरेको थियो ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.