9 years ago
September 24, 2016
इङ्लिश प्रीमियर लिगा अन्तर्गतको खेलमा लिभरपुलले १० खेलाडिमा सिमित रहेको हल सिटी बिरुद्ध ५-१ को जित नतिजा निकाल्न सफल भएको छ । लिभरपुलको जितमा फिलिपे कोउटिन्होले उत्कृष्ट गोल गर्दै एक असिस्ट दिन सफल भए ।

त्यस्तै सुरुको खेलमा म्यान्चेस्टर युनाइटेडले डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी बिरुद्ध ४-१ को सहज जित दर्ता गर्न सफल भयो । स्मलिङ , माटा, रास्फोर्ड र पोग्बाले गोल गरेको खेलमा संसारको सबै भन्दा महङा खेलाडी पोग्बाले युनाइटेडको जर्सिमा आफ्नो हाल सम्मकै सबै भन्दा राम्रो प्रदर्शन दिन सफल भए ।
त्यस्तौ सर्जियो अगेरो आफ्नो निलम्बन पुरा गरेर फर्किदा म्यान्चेटर सिटिले स्वान्सी सिटी सङ १-३ ले जित्दै यस सिजनमा लगातार ६ खेल जित्न सफल भयो । सिटिको जितमा अगेरोले २ र स्टेर्लिङले १ गोल गरे ।
अर्को खेलमा २-० ले पछी परेको कृस्टल प्यालेसले उल्लेखनीय कम्ब्याक गर्दै सन्डर्ल्यान्ड बिरुद्ध ३-२ को जित हासिल गर्यो भने बोउर्नेमोथले इभर्टोन बिरुद्ध १-० को जित नतिजा निकाल्यो । अघिल्लो सिजन तेस्रो स्थानमा रहेको टोटेन्ह्यामले नवप्रवेशी मिडल्स्ब्रोलाई अवे खेलमा २-१ ले जितो । टोटेन्ह्यामको लागी दुबै गोल सनले गरे । अन्य खेलमा स्टोक सिटी र वेस्ट ब्रोम १-१ को बराबर मा चित्त बुझाउदै अंक बाडे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]