default_image

3 years ago

January 7, 2021

पोचेटिनोको पहिलो खेलमा पीएसजीको बराबरी

35 views

0 Bookmark

एजेन्सी – मौरिसियो पोचेटिनोले प्रशिक्षण सम्हालेको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सेन्ट इटिएनसँग १–१ गोलको बराबरी खेलेको छ ।

पीएसजीले गत साता अर्जेन्टिनी पोचेटिनोलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यसअघि स्टार्सवर्गमाथि ४–० को फराकिलो जित निकालेको भोलिपल्टै मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको थियो ।

पीएसजीले एक गोलले पछि परेको अवस्थामा बराबरी गर्न सफल भएको हो । बुधबार राति भएको खेलमा पीएसजी खेलको १९औं मिनेटमा रोमेन हामोउमाको गोलबाट पछि परेको थियो । तर, सेन्ट इटिएनको त्यो अग्रता लामो समय टिकेन । २२औं मिनेटमा मोइस किनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए ।

६८ प्रतिशत बल पोसेसन राखेपनि पीएसजीले घरेलु टोलीको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । चोटका कारण नेयमार टोली बाहिर रहँदा केलियन एमबाप्पे र एन्जल डि मारियाले आशातित प्रदर्शन गर्न सकेनन् ।

४२औं मिनेटमा पीएसजीका गोलरक्षक केलर नाभासले म्याथिउ डिबुचेको प्रहारलाई उत्कृष्ट बचाउ गरे । ६४औं मिनेटमा नाभासले सेन्ट इटिएनको अर्काे प्रहारलाई विफल पार्दै पीएसजीको संकट टारे ।

७५औं मिनेटमा एन्जल डि मारियाको प्रहार विपक्षी गोलरक्षक जेसे मौलिनले बचाउ गर्दा पीएसजीले अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा पीएसजीले अग्रता लिने सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पीएसजी बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीले पीएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा रहेको छ । शीर्षस्थानको लियोनको ३९ अंक छ । सेन्ट इटिएन १९ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.