default_image

3 years ago

January 8, 2021

‘एम्बाप्पेले सुधार गर्नुपर्छ’ – पोचेटिनो

38 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) का नवनियुक्त प्रशिक्षक मोउरोसियो पोचेटिनोले आफ्नो पहिलो खेलपछि युवा फरवार्ड केलियन एमबाप्पेको आलोचना गरे ।

अर्जेन्टिनी प्रशिक्षकको ‘डेब्यू’ खेलमा पिएसजीले लिग वान मा सेन्ट एटिएनसँग १–१ को बराबरी खेलेको थियो । पोचेटिनोले पहिलो खेलपछि नै टोलीमा परिवर्तन आवश्यक रहेको पनि बताएका छन् ।

‘म उनको प्रदर्शनबाट खुसी छु । तर उनले सुधार गर्न आवश्यक छ ,’ एमबाप्पेका बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘उनी गोल गर्न, जित्न र अझै राम्रो खेल्न चाहन्छन् भन्नेमा म विश्वस्त छु । उनी पनि पक्कै निराश भएका छन् । सबै खेलाडी र टोलीले सुधार गर्नुपर्दछ ।’

पोचेटिनोले यसलाई सुरुवातका रुपमा मात्र लिएका छन् । ‘यो मात्र सुरुवात हो । हामी आएको तीन दिन मात्र भयो,’ उनले थपे, ‘दोस्रो हाफमा हामीले गोलका लागि धेरै मौका पाएका थियौं । हामी केहि दुर्भाग्यशाली रह्यो । गोल गर्न सकेनौं । तीन अंक लिन सकेनौं ।’

पोचेटिनोले पुनः प्रशिक्षण सम्हाल्न पाएकोमा खुसी व्यक्त गरे । ‘१४ महिनापछि जिम्मेवारीमा फर्कन पाउँदा खुसी छु,’ उनले थपे, ‘तर केहि असहज भयो । पछिल्लो समय ६२ हजार दर्शकका सामू उभिएको थिए ।’

कोरोनाका कारण अहिले युरोपमा विना दर्शक फुटबल खेलाइदै आएको छ । पिएसजी १८ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा उक्लन सफल भएको छ । समान ३६ अंक नै रहेपनि लिल गोलअन्तरमा तेस्रोमा छ । शीर्षस्थानको लियोनको ३९ अंक छ ।

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

May 6, 2024

खालीबारी र रानीवनको जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार भएका खेलमा खालीबारी युथ एफसी र रानीवन स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खलमा खालीबारीले पुल्चोक स्पोर्ट्स क्लब माथि १-० को जित दर्ता गरेको हो । खालीबारीको जितमा मार्वल सुनुवारले २७औं मिनेटमा खेलको एकमात्र गोल गरे । जित पछि […]

Success

Thank you for your time.