9 years ago
September 25, 2016
हाम्रो खेलकुद – स्पेनिश ला लिगा अन्तर्गत शनिबार राती भएको खेलमा रियल म्याड्रिडले लास पाल्माससंग २-२को बराबरी खेलेको छ।

दुईपटक अग्रता लिएको अवस्था गुमाउँदै रियलले पाल्माससंग अंक बाँड्न बाध्य भएको हो। रियलको लागि एसेन्सियो र करिम बेन्जेमाले गोल गरेका थिए।
२-१को अग्रता लिइरहेको अवस्थामा प्रशिक्षक जिदानले रोनाल्डोलाई ७२औं मिनेटमा परिवर्तन गरेका थिए। म्याड्रिड पुगेयता रोनाल्डो पहिलोपल्ट वैकल्पिक खेलाडिलाई स्थान दिन बाहिरिएका हुन्।
बार्सिलोनाले सहज विजय हात पारेको दिन रियलले अंक गुमाएपछि अब दुई क्लबबिच एक अंकको फरक छ। म्याड्रिड १४अंक बोकेर लिगको शिर्ष स्थानमा छ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]