9 years ago
September 25, 2016
भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी अन्तर्गत आज नेपालको रुस्लान थ्री स्टार क्लब र भारतको आइ लिगको शिलोङ लाजोङ भिडदै छन । दुइ खेलमा १ जित र १ ड्र सहित थ्री स्टार समुहमा ४ अंक सहित पहिलो स्थानमा छ ।

फ्लामिङ्को सँग ६-१ को सहज नतिका निकालेको थ्री स्टार दोस्रो खेलमा आयल इन्डिया सङ ९० मिनेटमा गोल गर्दै १-१ को बराबर गर्न सफल भएको हो ।
शिलोङ लाजोङ पनि २ खेलमा १ जित र १ बराबर सहित ४ अंक जोड्न सफल भएको छ । आयल इन्डिया सङ १ बराबर र फ्लामिङो सङ ५-० को नतिजामा शिलोङले ४ अंक भेला पारेको हो ।
खेल गुवाहाटीको नेहरु स्टेडियममा स्थानिय समय अनुसार साझ ७ बजे सूरु हुनेछ । चोटका कारण प्रकाश बुढाथोकी र अघिल्लो खेलमा रातो कार्ड ब्यहोरेका विजय धिमाल आईतबारको खेलमा उपलब्ध हुने छैनन ।
जित सहित थ्री स्टारको लक्ष्य समुह बिजेता हुने भएपनि, थ्री स्टार ड्र खेले र आयल इन्डियाले जिते , शिलोङ र आयल इन्डिया बिच दोस्रो चरणमा प्रवेश गर्न गोल भिन्नतको अधारमा प्रतिस्पर्धा हुनेछ ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]