default_image

3 years ago

January 9, 2021

धनकुटाको रारालाई संजोग स्मृति फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – धनकुटाको रारा फुटबल क्लबले टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सताक्षीधाम स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै राराले उपाधि जितेको हो । मोरङ बेलबारीमा शनिबार भएको फाइनलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा राराले बाजी मारेको थियो । टाइब्रेकरमा राराका सुनिल खड्का, बुद्ध चेम्जोङ, उमेश कार्की र […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनकुटाको रारा फुटबल क्लबले टुबोर्ग संजोग स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सताक्षीधाम स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै राराले उपाधि जितेको हो ।

मोरङ बेलबारीमा शनिबार भएको फाइनलमा निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा राराले बाजी मारेको थियो । टाइब्रेकरमा राराका सुनिल खड्का, बुद्ध चेम्जोङ, उमेश कार्की र सूर्य अधिकारीले गोल गरे । रुपेश केसीले भने गोल गर्न सकेनन् ।

सताक्षीधामका लागि एन्जल गुरुङ, प्रमोद चौधरी, शिशिर लेखीले गोल गरे । संजित राई र विशाल दर्जीले गोल गर्न सकेनन् । फाइनलमा राराका योगेश गुरुङ र रेजिन माझीले पहेलो कार्डको सामना गरेका थिए ।

विजेता टोलीले उपाधिसहित ५१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो । बेलबारी नगरपालिका मेयर ज्ञानेन्द्र सुवेदीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरे । बेलबारी फुटबल क्लबले आयोजना गरेको प्रतियोगितालाई बेलबारी नगरापालिकाले संयोजन गरेको थियो ।

टुबोर्ग मुख्य प्रायोजन रहेको प्रतियोगितामा सन्ध्या सारा युपिभिसी प्रोफाइल प्रालि प्रायोजक तथा मोरङ कन्ट्रसन प्रालि, सयपत्री मल्टी पर्पोज प्रालि र आदर्श बहुउद्देश्य कृषि फर्म सह प्रयोजक रहेको थियो । प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.