default_image

3 years ago

January 10, 2021

डर्टमुन्डको जितमा हालान्डको दुई गोल

एजेन्सी – चोटपछिको पुनरागमन खेलमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई ३–१ ले पराजित गरेको छ । डर्टमुन्डले लाइप्जिगलाई उसकै मैदानमा हार चखाएको हो । डर्टमुन्डका लागि थप एक गोल जाडोन सान्चोको नाममा रह्यो । घरेलु टोलीका एलेक्सान्डर सोर्लाेथले गोल गरेपनि हार टार्न सकेनरेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको […]

33 views

0 Bookmark

एजेन्सी – चोटपछिको पुनरागमन खेलमा एर्लिङ ब्राउट हालान्डले दुई गोल गरेपछि बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगलाई ३–१ ले पराजित गरेको छ ।

डर्टमुन्डले लाइप्जिगलाई उसकै मैदानमा हार चखाएको हो । डर्टमुन्डका लागि थप एक गोल जाडोन सान्चोको नाममा रह्यो । घरेलु टोलीका एलेक्सान्डर सोर्लाेथले गोल गरेपनि हार टार्न सकेन
रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

५५औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमुन्डलाई अग्रता दिलाए । उनले मार्काे रिउसको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा सान्चोको पासमा हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा हालान्डले कप्तान मार्काे रिउसको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई जिततर्फ अघि बढाए । ९०औं मिनेटमा एलेक्सान्डर सोर्लाेथले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

यो जितसँगै डर्टमुन्ड २८ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित लाइप्जिगले शीर्षस्थानमा उक्लने अवसर गुमायो । लाइप्जिगको ३१ तथा शीर्षस्थानको बायर्न म्युनिखको ३३ अंक छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.