default_image

3 years ago

January 10, 2021

ला लिगासँग रियल असन्तुष्ट

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार ओसासुनाविरुद्ध गोलरहित बराबरी खेलेपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले मैदानको अवस्थालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् । खेलपछि निकै निराश मुद्रामा देखिएका जिदानले लगातार हिमपातका कारण खेल्न योग्य नै नरहेको मैदानमा खेल आयोजना गर्नु सहि निर्णय नरहेको अभिव्यक्ति दिए । ‘यो फुटबल खेल थिएन । खेल स्थगित हुनुपर्ने […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार ओसासुनाविरुद्ध गोलरहित बराबरी खेलेपछि रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले मैदानको अवस्थालाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

खेलपछि निकै निराश मुद्रामा देखिएका जिदानले लगातार हिमपातका कारण खेल्न योग्य नै नरहेको मैदानमा खेल आयोजना गर्नु सहि निर्णय नरहेको अभिव्यक्ति दिए । ‘यो फुटबल खेल थिएन । खेल स्थगित हुनुपर्ने थियो । तर अब जे हुनु भइसक्यो,’ उनले भने, ‘खेल आयोजना गर्न वातावरण उपयुक्त थिएन । मैले बारम्बार दोहोर्याउन जरुरि छैन, तर मुख्य सार त्यहि नै हो । हामी अब कहिले फर्कन पाउँछौं पनि यकिन छैन ।’

रियल म्याड्रिडले पाम्प्लोनास्थित ओसासुनाको मैदानमा अपेक्षित प्रदर्शन गर्न सकेन । प्रतिकुल मौसमका कारण खेलाडीको प्रदर्शनमा असर परेको प्रष्ट थियो । त्यसअघि खेलका लागि आगमन हुने क्रममा पनि टोलीले ४ घण्टा विमानस्थलमा बस्नुपरेको थियो ।

रियलकै गोलरक्षक थिबाउट कोर्टुवाले भने लिगले खेलाडीलाई कठपुतली जस्तो व्यवहार गरेको बताए । ‘ओसासुनामा यहाँको मान्छेहरुले गरेको मिहिनेतको लागि धन्यवाद । हामीले जसोतसो खेल्न योग्य मैदान त पायौं । तर लिगले भने हामीलाई राम्रो व्यवहार गरेन । हामीलाई कठपुतली जस्तो व्यवहार भयो ,’ उनले भने, ‘हामी हिउँले भरिएको विमानस्थलबाट आउनुपर्यो । र अब फर्कने टुंगो छैन । यस्तो अवस्थामा पनि लिगले जबर्जस्ती खेलाउनु सहि होइन ।’

यता रियलकै मिडफिल्डर टोनी क्रुसले भने दुवै टोलीले एकै मैदानमा खेलेको कारण नतिजाको दोष मैदानलाई दिन नमिल्ने बताए । ‘हामीले स्तर अनुसार खेल्न सकेनौं । हामीले धेरै अवसर सिर्जना गर्नुपर्नेमा त्यसो गर्न सकेनौं,’ क्रुसले भने, ‘ हामीलाई थाहा थियो ओसासुनाले डिफेन्स गर्नेछ । र दुवै टोलीले एकै मैदानमा खेलेका हौं । यसलाई निहु बनाउन मिल्दैन ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.