default_image

3 years ago

January 11, 2021

राष्ट्रिय टोलीका पूर्व गोलकिपर शाहीको निधन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । शाहीकी छोरी करुणालाई उद्धत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जिव मिश्रले दिएको जानकारी अनुसार आइतबार राती ९ः३० बजे पुर्र्खाैली घर दैलेखको चोरत्तामा उनको निधन भएको थियो । छोरीका साथ एक साता अघि मात्रै उनी दैलेख गएका थिए […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ । शाहीकी छोरी करुणालाई उद्धत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सञ्जिव मिश्रले दिएको जानकारी अनुसार आइतबार राती ९ः३० बजे पुर्र्खाैली घर दैलेखको चोरत्तामा उनको निधन भएको थियो ।

छोरीका साथ एक साता अघि मात्रै उनी दैलेख गएका थिए । छोरीका अनुसार दैलेख जानु अघि चेकअप गराउँदै खासै समस्या नदेखिएको र तीन चार दिन यताबाट भने खानामा रुची कम भएको मिश्रले बताए । झन्डै एक महिना अघि भारतको दाजर्लिङ गएका बेला भने आफूसँग टेलिफोनमा कुराकानी भएको मिश्रले बताए ।

दक्षिण एसिायली खेलकुद साग (साग) का स्वर्ण पदक विजेता ६५ वर्षे शाहीको सोमबार दिउँसो दैलेखमै उनको अन्तिम संस्करण गरिने बताइएको छ । उनकी श्रीमती, २ छोरी र १ छोरा छन् । पहिलो श्रीमतीको भने क्यान्सका कारण यसअघि नै मृत्यु भएको थियो ।

सन् १९८४ मा स्वदेशमा आयोजना भएको सागमा नेपाली टोलीले स्वर्ण पदक जित्दा उनी त्यसको सदस्य थिए । उनले १९८२ देखि १९८९ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यस्तै उनले ७ वर्ष (१९९५ देखि २००२ सम्म) लामो समय एन्फाको महासचिवका रुपमा समेत जिम्मेवारी निर्वाह गरेका थिए । एन्फा बाट अलग भएपछि शाही नेपाल बक्सिङ संघको महासचिव बनेका थिए । उनी नेपाल आइस हक्की संघका संस्थापक अध्यक्ष हुन् ।

नेपाली खेलकुद विकासका लागि आफ्नो समयमा निरन्तर लागि पर्ने व्यक्तिका रुपमा शाहीलाई स्मरण गरिने मिश्रले बताए । ‘पहिलो त दैलेखबाट आएर राष्ट्रिय टोली सम्म पुग्नु आफैमा ठूलो सफलता थियो । उहाँले भेरी अञ्चलबाट र तत्कालिन महेन्द्र पुलिस क्लबबाट पनि लामो समय खेल्नुभयो,’ मिश्रले स्मरण गरे, ‘२०४० सालमा उहाँ राष्ट्रिय खेलकुद परिषद्बाट सर्वोत्कृष्ट खेलाडी घोषित हुनु भएको थियो ।’

खेल जीवन पछि पनि शाही लगातार खेलकुदमा सक्रिय थिए । एन्फा महासचिव बन्नु अघि नेपाल स्पोर्टस् डेभलेपमेन्ट एसोसिएसन (एनएसडिए) स्थापना गरि फुटबललाई क्रियासिल बनाउन लागि परेको मिश्र सम्झन्छन् ।

‘२०५२ सालमा महासचिव बन्नु अघि सम्म एनएसडिएको नाममा फुटबल टोली तयार पारेर उहाँले भारतमा हुने डिएिम कप, डुरान कप, रोबर्टस् कपलगायतका प्रतियोगितामा सहभागी गराउनुहुन्थ्यो,’ मिश्रले थपे, ‘जति राम्रो खेलाडी हो उहाँ त्यो भन्दा राम्रो व्यवस्थापकमा अब्बल हुनुहुन्थ्यो ।’ नीजि क्षेत्रमा सहभागितामा वाइवाइ कप, टान कप गराउनेमा पनि उहाँको भूमिका महत्वपूर्ण रहेको मिश्रले बताए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.