default_image

3 years ago

January 14, 2021

पिएसजीलाई सुपर कप उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको छ । पिएसजीले २-१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हासिल गरेको हो । पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा […]

51 views

0 Bookmark

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले चिर परिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १० औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको छ ।

पिएसजीले २-१ को जित दर्ता गर्दै सिजनको पहिलो उपाधि हासिल गरेको हो । पिएसजीको जितमा अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा गोलरक्षक स्टिभ मान्डान्डाले सुरुवाती हेडर बचाउन नसक्दा आएको रिबाउन्डमा इकार्डीले सहजै गोल गरेका थिए ।

खेलको ८५ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । गोलरक्षक योहान पेलेले पेनाल्टी क्षेत्रभित्र इकार्डीलाई लडाएपछि पिएसजीले पेनाल्टी पाएको थियो । दोस्रो हाफमा एन्जल डी मारियाको स्थानमा मैदान छिरेका नेयमारले कुनै गल्ति नगरी पेनाल्टीमार्फत वर्षको पहिलो गोल गर्न सफल रहे ।

मार्सेले अन्तिम समयतिर गोल फर्काएपनि नतिजा बदल्न भने सकेन । डिमीट्री पायटले फ्लोरियन थाउभिनको क्रसलाई पहिलो टचमा नै गोलमा परिणत गरेपनि उक्त गोल सान्त्वनामै सिमित भयो ।

पिएसजीका लागि प्रशिक्षक माउरिसियो पोचेटिनोले नियुक्त भएको तेस्रो खेलमा नै उपाधि जितेका छन् । यो उनको प्रशिक्षण करिअरको पहिलो ट्रफी समेत हो । पिएसजीले १० औं पटक उपाधि जित्दै सर्वाधिक पटक यस उपाधि जित्ने आफ्नै कीर्तिमान सुधार गरेको हो । पिएसजीले लगातार आठौं सिजन यस उपाधि जित्दा मार्से भने तेस्रो पटक फाइनलमा पराजित भएको हो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.