default_image

3 years ago

January 14, 2021

कप्तान किरणले पेनाल्टी बचाएपनि पन्जाब पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी सम्हालेको खेलमा पेनाल्टी बचाउँदै केहि उत्कृष्ट बचाउ गरेपनि राउन्डग्लास पन्जाबले आइलिगमा पहिलो हार बेहोरेको छ । पहिलो हाफमा ३-१ को अग्रता लिएको पन्जाबले दोस्रो हाफमा ३ गोल खाएपछि गोकुलम केरालासँगको खेल ४-३ ले गुमाउन पुग्यो । खेलको १८ औं मिनेटमा पन्जाबले चेन्चो […]

95 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी सम्हालेको खेलमा पेनाल्टी बचाउँदै केहि उत्कृष्ट बचाउ गरेपनि राउन्डग्लास पन्जाबले आइलिगमा पहिलो हार बेहोरेको छ । पहिलो हाफमा ३-१ को अग्रता लिएको पन्जाबले दोस्रो हाफमा ३ गोल खाएपछि गोकुलम केरालासँगको खेल ४-३ ले गुमाउन पुग्यो ।

खेलको १८ औं मिनेटमा पन्जाबले चेन्चो ग्याल्सेनको गोलमा अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र सौरभ भानावालाले दिएको हेडर पासलाई उनले पहिलो टचमा उत्कृष्ट नियन्त्रण लिँदै हाफ भलीमा गोल गरेका थिए ।

२१ औं मिनेटमा चेन्चोले अग्रता दोब्बर पार्ने सुवर्ण अवसर गुमाए । केरालाको कर्नरबाट अघि बढेको काउन्टर अट्याकमा मैदानको आफ्नै हाफबाट बल अघि बढाएका चेन्चोले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार क्रसबारलाई छुँदै बाहिरियो ।

२३ औं मिनेटमा कप्तान तथा गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । उनले ६ यार्ड बक्सनजिक अनमार्क रहेका अड्जाले गरेको शक्तिशाली प्रहारलाई विफल पार्दा पन्जाबको अग्रता कायमै रहयो ।

किरणले बचाएपछि केरालाले छोटो कर्नर लिन खोज्दा गल्ती गरेपछि निस्केको काउन्टर अट्याकमा पन्जाबले अग्रता दोब्बर पार्यो । सन्जु प्रधान र चेन्चोले काउन्टर अट्याकमा आक्रमण बढाउँदै लागेको मुभमा पेनाल्टी क्षेत्रभित्र सन्जुले सहज पास दिएपछि चेन्चोले अग्रता दोब्बर पारे ।

त्यसको दुई मिनेटमा नै केरालाले गोल फर्कायो । डिफेन्समा तालमेल नमिल्दा अनमार्क रहेका फिलिप अड्जाले पेनाल्टी स्पटबाट शक्तिशाली प्रहार गर्दै गोल गरेका थिए । ३६ औं मिनेटमा सन्जुले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

४३ औं मिनेटमा अड्जाले वन भर्सेस वनमा गरेको प्रहार पोस्टबाहिर जाँदा पन्जाब अग्रतामै रहयो । ४४ औं मिनेटमा पन्जाबले अग्रता दोब्बर पार्यो । चेन्चोले पेनाल्टी क्षेत्रभित्र दुई डिफेन्डरलाई छक्याएर बनाएको मुभमा वैकल्पिक खेलाडी रुपर्ट नोङरुमले गरेको प्रहार डिफेन्स र गोलरक्षकलाई बिट गर्दै गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै केरालाले पेनाल्टीको अवसर पायो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आर्भी होर्मीपामले पेनाल्टी क्षेत्रभित्र डेनिस एन्टवीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर किरणले एन्टवीको पेनाल्टी प्रहारलाई आफ्नो बायाँतर्फ डाइभ दिँदै बचाउ गरे ।

तर एन्टवीले ३ मिनेटको अन्तरमा २ गोल गरेपछि केरालाले खेल बराबरीमा ल्याउन सफल भयो । ६९ औं मिनेटमा देवरानीको फ्रिकिकमा एन्टवीले हेडरमार्फत गोल गर्दै खेलमा फर्कने संकेत दिए । त्यसको दुई मिनेटपछि नै एन्टवीले देवरानीको पासलाई सदुपयोग गर्दै एकल प्रयासमा डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल रहे ।

७५ औं मिनेटमा अनवर अलीले आत्मघाती गोल गरेपछि केराला अग्रता लिन सफल भयो । अड्जाले दिएको क्रसमा अलीले हेडर क्लियर गर्न खोज्दा बल आफ्नै पोस्टमा छिर्न पुगेको थियो । ८५ औं मिनेटमा एन्टवीले गोल गर्ने अर्को अवसर चुकाउँदा ह्याट्रिक पूरा गर्न सकेनन् । त्यसको एक मिनेटपछि नै किरणले उत्कृष्ट बचाउ गर्दै एन्टवीलाई ह्याट्रिकबाट बन्चित गरे ।

यस जितसँगै केरालाले लिगमा पहिलो जित हासिल गरेको छ । पन्जाबले भने दोस्रो खेलमा हार बेहोरेपछि शीर्षस्थानमा उक्लने अवसर गुमायो । दुवै टोलीको ३-३ अंक रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.