default_image

3 years ago

January 17, 2021

बायर्नलाई अग्रता बढाउने अवसर

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमा आज राति फ्रेइवर्गको आतिथ्यता गर्दैछ । खेल एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ । फ्रेइवर्गलाई हराउदै बायर्न आफ्नो शीर्षता थप फराकिलो बनाउने लक्ष्यमा हुनेछ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । शनिबार राति दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगले बराबरीको […]

26 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति शीर्षस्थानमा रहेको बायर्न म्युनिखले घरेलु मैदानमा आज राति फ्रेइवर्गको आतिथ्यता गर्दैछ ।

खेल एलिएन्ज एरिनामा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ । फ्रेइवर्गलाई हराउदै बायर्न आफ्नो शीर्षता थप फराकिलो बनाउने लक्ष्यमा हुनेछ । बायर्नको १५ खेलबाट ३३ अंक रहेको छ । शनिबार राति दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगले बराबरीको नतिजा निकालेपछि बायर्न शीर्षस्थानमा रहन सफल भएको थियो । फ्रेइवर्गलाई हराए बायर्नले लाइप्जिगलाई ४ अंकले पछि पार्नेछ । लाइप्जिगको ३२ अंक पुगेको छ ।

जर्मन कपको दोस्रो राउन्डमा तल्लो श्रेणीको क्लब होल्सस्टिन किइलसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको बायर्न उक्त हारलाई बिर्सदै जितको लयमा फर्कने दाउमा हुनेछ । त्यसअघि बायर्न बोरुसिया मोन्चेनग्लाडवाकसँग ३–२ ले पराजित भएको थियो ।

बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लिरोए साने, सर्ज जिनाब्री, लियोन गोरेट्जका, योसुवा किम्मिख, लुकास हर्नान्डेज, डेभिड अलवा, जेरोमी बोएटिङ, बेन्जामिन पाभर्ड र कप्तान तथा गोलरक्षक म्यानुयल नुएरको साथ रहेको छ ।

यता, फ्रेइवर्ग पनि बायर्नलाई स्तब्ध पार्दै अकं तालिका सुधार गर्ने दाउमा हुनेछ । बायर्नलाई हराउन सके फ्रेइवर्गले एक स्थान सुधार गर्नेछ । फ्रेइवर्ग २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

टोलीसँग इर्मिडिन डेमिरोभिक, रोलान्ड सल्लाई, भिन्सेन्जो ग्रिफो, निकोलस होफलर, क्रिस्टियन गुन्टर, म्यानुयल गुल्डे र गोलरक्षक फ्लोरियल मुलरको साथ रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.