default_image

3 years ago

January 17, 2021

गजराज जोशी कप फुटबलमा ७ टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिकाको अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबार सुरु हुने भएको छ । टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको सहभागिता रहने प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्पोर्टस् कर्नरका अध्यक्ष सुशन दुलालले […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसडी ९९ स्पोर्टस् कर्नरको आयोजनामा टोखा नगरपालिकाको अन्तर वडा स्तरीय गजराज जोशी कप फुटबल प्रतियोगिता सोमबार सुरु हुने भएको छ ।

टोखा नगरपालिकाका ११ मध्ये ७ वटा वडाको सहभागिता रहने प्रतियोगिताको विजेताले ७० हजार, दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक स्पोर्टस् कर्नरका अध्यक्ष सुशन दुलालले जानकारी दिए । प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले समान ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

श्री भगवती क्लबको विशेष सहयोगमा सञ्चालन हुने प्रतियोगितालाई गजराज जोशी ट्रष्ट र हेडलाइनर्स स्पोर्टस् क्याफेले प्रायोजन गरेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको एसियाली खेलकुदमा नेपालको तर्फबाट सहभागिता जनाउने अन्तर्राष्ट्रिय धावक स्वर्गिय गजराज जोशीको नाममा ट्रष्ट स्थापना गरिएका हो । जोशी नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने पहिलो अन्तर्राष्ट्रिय धावक हुन् ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारार्लाइ आत्मसात गर्दै भेगिय युवाहरुलाई जागरु बनाउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । प्रतियोगिता माघ १३ गते सम्म चल्नेछ ।

गत वर्ष स्थापना भएको स्पोर्टस् कर्नरले खेलकुद प्रतियोगिताको सञ्चालन, सहभागिता, समाजिक तथा जनचेतनामुलक कार्यक्रम सञ्चालनको उद्देश्य राखेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.