default_image

3 years ago

January 20, 2021

आर्मी र पुलिसको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिग अन्तर्गत दशरथ रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको १२ अौं मिनेटमा आर्मीकी सपना लामाले वन भर्सेस वनमा गोल गर्ने अवसर चुकाइन् । अर्कोतर्फ पुलिसकी रञ्जिता गुरुङको क्रसमा निरु थापाको प्रहारलाई गोलरक्षक अन्जना रानामगरले विफल पारिन् […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिग अन्तर्गत दशरथ रंगशालामा भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

खेलको १२ अौं मिनेटमा आर्मीकी सपना लामाले वन भर्सेस वनमा गोल गर्ने अवसर चुकाइन् । अर्कोतर्फ पुलिसकी रञ्जिता गुरुङको क्रसमा निरु थापाको प्रहारलाई गोलरक्षक अन्जना रानामगरले विफल पारिन् ।

३१ अौं मिनेटमा निरले नै गोलको अवसर चुकाइन् । आर्मीको डिफेन्सले क्लियर गर्न नसकेको बललाई उनले गोलरक्षक बिट भएपनि गोलतर्फ प्रहार गर्न सकिनन् ‌। ३८ अौं मिनेटमा रेखा पौडेलले दिएको पासमा निरु थापाले गोलरक्षक पोजिसनमा नभएको अवस्थामा गरेको प्रहार आर्मीकी कप्तान कविता धिमालले क्लियर गरिदिइन् ।

पहिलो हाफको ५ मिनेट बाँकी रहँदा आर्मीले अग्रता लिन सकेन । विमला चौधरीको हेडर पासमा शर्मीला थापामगरको प्रहार गोलरक्षक सपना राईले बचाइन् । लगत्तै सपनाको प्रहार गोेेललाइनमा आर्मीकै विमला चौधरीलाई लाग्दै गोल हुन सकेन ।

दोस्रो हाफको ६५ अौं मिनेटमा रेखाले गोलरक्षक अघि बढेको अवस्थामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन । दुई मिनेटपछि आर्मीकी पुनम जर्घा मगरले ३५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक सपनाले सहजै बचाइन् ।

७१ अौं मिनेटमा इन्दिरा राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई सपनाले उत्कृष्ट डाइभ दिँदै बचाइन् । लगत्तै रश्मीको प्रहारमा सपना बिट भएपनि घिमकुमारी गुरुङले गोल हुन दिइनन् । ८१ अौं मिनेटमा मणी गुरुङले गोललाइनबाट क्लियर गर्दा पुलिस पछि पर्नबाट जोगियो ।

रश्मी कुमारी घिसिङले ८७ अौं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट जाँदा आर्मी अग्रता लिनबाट चुक्यो ।

‌यस बराबरीसँगै दुवै टोलीले लिगमा अंकको खाता खोलेका छन् । बिहीबार एन्फा कम्प्लेक्समा एपिएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिका खेल्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.