एजेन्सी – जर्मन बुन्डेसलिगामा आज राति एक खेल मात्रै हुदा बोरुसिया डर्टमुन्ड र बोरुसिया मोन्चेनग्लाडवाकबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल मोन्चेनग्लाडवाकको मैदानमा नेपाली समय अनुसार राति १ः१५ बजे हुनेछ । घरेलु टोलीमाथि जित निकाल्दै डर्टमुन्ड तेस्रो स्थानको बायर लिभरकुसनसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ ।
डर्टमुन्डको १७ खेलबाट २९ अंक छ । अघिल्लो खेलमा डर्टमुन्ड लिभरकुसनसँग पराजित भएपछि पछि परेको थियो ।
टोलीसँग युवा फरवार्ड एर्लिङ ब्राउट हालान्ड, जाडोन सान्चो, जियोभानी रेना, जुलियन ब्रान्ड, इम्री क्यान, जुडे बेलिङघम, म्यानुयलएकान्जी, म्याट हुमेल्स, मार्काे रिउस र गोलरक्षक रोमन बुर्की रहेको छ । यस्तै युवा फरवार्ड युसोउफा मौकाको र स्टेफन टिगेस पनि टोलीमा रहेको छ ।
यता, मोन्चेनग्लाडवाक पनि डर्टमुन्डलाई स्तब्ध पार्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । मोन्चेनग्लाडवाक २८ अंक जोडेर सातौ स्थानमा रहेको छ । डर्टमुन्डलाई हराउन सके मोन्चेनग्लाडवाकले डर्टमुन्डसँगै वल्फस्वर्ग र युनियन बर्लिनलाई पछि पार्नेछ ।

एलासेन प्लेया, मार्कुस थुराम, जोनास होफमन, फ्लोरियन नेउहस, क्रिस्टोफो क्रामेर, म्याथियस जिन्टर र गोलरक्षक यान सोम्मेर रहेको छ । यि दुई टोलीको पछिल्लो २३ खेलको नतिजामा डर्टमुन्ड हावी छ । डर्टमुन्डले १६ खेल आफ्नो पक्षमा पार्दा मोन्चेनग्लाडवाकले ५ खेल जितेको छ । २ खेल बराबरीमा सकिएको छ ।
डर्टमुन्ड १५ अगस्ट २०१५ देखिको पछिल्लो १२ खेलमा मोन्चेनग्लाडवाकसँग अपराजित छ । डर्टमुन्ड सोही जितलाई निरन्तरता दिने दाउमा रहाद्या मोन्चेनग्लाडवाक डर्टमुन्डसँगको हारको यात्रालाई टुंग्याउने दाउमा हुनेछ ।