default_image

3 years ago

January 24, 2021

मेस्सी विना बार्सिलोनाको अर्को जित

एजेन्सी – सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो । अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक […]

49 views

0 Bookmark

एजेन्सी – सुपर स्टार लिओनल मेस्सी विना बार्सिलोनाले स्पेनिस ला लिगामा जित हासिल गरेको छ । बार्सिलोनाले आइतबारको खेलमा इल्चेलाई २–० ले पराजित गरेको थियो ।

अवे खेलमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुगइले गोल गरे । खेलको ३९ औं मिनेटमा जोङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा पुगइले गोल थपे ।

मेस्सी प्रतिबन्धका कारण आइतबारको खेलमा थिएनन् । स्पेनिस सुपर कपको फाइनलका दौरान मेस्सीले रातो कार्डको सामना गरेका थिए । एथलेटिको बिल्बाओविरुद्धको खेलमा मेस्सीले विपक्षी खेलाडीलाई हातले अनुहारमा हानेपछि रेफ्रीले उनलाई सोझै रातो कार्ड दिएका थिए । त्यो घटनापछि उनले दुई खेलको प्रतिबन्ध भोगेका थिए । अब उनको प्रतिबन्ध सकिएको छ । यसअघि उनले कोपा डेल रेको गुमाएका थिए ।

आइतबार जित पछि बार्सिलोनाको ३७ अंक पुगेको छ । अघिल्लो दिन जित निकालेको रिय म्याड्रिडको ४० अंक छ । रियल र बार्सिलोनाले समान १९ खेल खेलेका छन् । १७ खेल खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ४४ अंक छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.