default_image

3 years ago

January 25, 2021

बायर्नको जितमा मुलरको दुई गोल

एजेन्सी – जर्मन मिडफिल्डर थोमस मुलरको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा हराउदा रोबर्ट लेवान्डोस्की र डेभिड अलवाले पनि गोल थपे । बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो । भिल्टेन्स एरिनामा बायर्नले […]

22 views

0 Bookmark

एजेन्सी – जर्मन मिडफिल्डर थोमस मुलरको दुई गोल सहयोगमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा साल्केमाथि ४–० को फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा हराउदा रोबर्ट लेवान्डोस्की र डेभिड अलवाले पनि गोल थपे । बायर्नले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा तीन गोल थपेको थियो ।

भिल्टेन्स एरिनामा बायर्नले खेलको ३३औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा किम्मिखकै पासमा लेवान्डास्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

अन्तिम दुई मिनेटमा दुई गोल गर्दै बायर्नले खेल आफ्नो नियन्त्रणमा सलन सफल भयो । ८८औं मिनेटमा मुलरले किम्मिखकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा डेभिड अलवाले किङ्सले कोमानको पासमा गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको १८ खेलबाट ४२ अंक पुगेको छ । समान खेलबाट आरबी लाइप्जिगको ३५ अंक छ । पराजित साल्के ७ अंक जोडेर पुछारमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा होफेनहाइनले एफसी कोल्नमाथि ३–० को सहज जित हात पारेको छ । होफेनहाइनको जितमा एन्डरेज क्रामारिकले दुई तथा क्रिस्टोफ बोउमगार्टनरले एक गोल गरे ।
यो जितसँगै होफेनहाइन २२ अंक जोडेर ११औं स्थानमा उक्लिएको छ । कोल्न १५ अंक जोडेर १६औं स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.