default_image

3 years ago

January 25, 2021

नेपोलीको लज्जास्पद हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले अग्रता जोगाउन नसक्दा हेलास भेरोनासँग ३–१ को लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा हेलास भेरोनाको जितमा फेडेरिको डिमार्काे, एन्टोनिन बाराक र माटिया जाकाग्नीले गोल गरे । नेपोलीका हिर्भिङ लोजानोल गरेको गोल सान्त्वना बन्यो । खेलको पहिलो मिनेटमा नै लोजानोले गोल गर्दै नेपोलीलाई अग्रता […]

21 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले अग्रता जोगाउन नसक्दा हेलास भेरोनासँग ३–१ को लज्जास्पद हार बेहोरेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा हेलास भेरोनाको जितमा फेडेरिको डिमार्काे, एन्टोनिन बाराक र माटिया जाकाग्नीले गोल गरे । नेपोलीका हिर्भिङ लोजानोल गरेको गोल सान्त्वना बन्यो ।

खेलको पहिलो मिनेटमा नै लोजानोले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । उनले डिएगो डिम्मीको पासलाई सदुपयोग गरेका थिए । एक गोलले पछि परेको भेरोनाले सम्हालिएको खेल पस्कदै ३४औं मिनेटमा खेललाई बराबरीमा ल्याउन सफल भयो ।

फेडेरिको डिमार्काेले मार्काे डाभिड फाराओनाीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा एन्टोनिन बाराकले माटिया जाकाग्नीको पासमा गोल गर्दै भेरोनालाई २–१ ले अघि बढाए । ७९औं मिनेटमा जाकाग्नीले डार्काे लाजोभिकको पासमा गोल गर्दै नेपोलीलाई ३–१ ले स्तब्ध पारे ।

यो जितसँगै भेरोना १९ खेलबाट ३० अंक जोडेर आठौं स्थानमा उक्लदा नेपोली ३४ अंकसहित छैटौ स्थानमा रहेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा लाजियोले सस्सुलोमाथि २–१ को पूनरागमन जित निकालेको छ । लाजियोको जितमा सेरगेज मिलिन्कोभिच साभिक र सिरो इमोबिलेले गोल गरे । सस्सुलोका फ्रान्सिस्को कापुटोले गरेको गोल सान्त्वना बन्यो ।

यो जितसँगै लाजियो ३४ अंक जोडेर सातौ स्थनमा उक्लिएको छ । पराजित सस्सुलो ३० अंक जोडेर नवौं स्थानमा छ ।

अन्य नतिजा
युभेन्टसविरुद्ध बोलोग्ना (–०), जिनोआविरुद्ध काग्लिएरी (–०), पार्माविरुद्ध साम्पडोरिया (०–)

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.