default_image

3 years ago

January 25, 2021

लियोनको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा लियोनले सेन्ट इटिएनमाथि उसकै मैदानमा ५–० को सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा लियोनको फराकिलो जितमा टिनो काडेवेर र मार्सेलोले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । लियोनले खेलको १६औं मिनेटमा टिनोको गोलबाट अग्रता लिएको थियो । ३६औं मिनेटमा मार्सेलोले गोल गर्दै लियोनलाई पहिलो […]

35 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा लियोनले सेन्ट इटिएनमाथि उसकै मैदानमा ५–० को सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लियोनको फराकिलो जितमा टिनो काडेवेर र मार्सेलोले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । लियोनले खेलको १६औं मिनेटमा टिनोको गोलबाट अग्रता लिएको थियो ।

३६औं मिनेटमा मार्सेलोले गोल गर्दै लियोनलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ५९औं मिनेटमा मार्सेलोले लियो डुबोइसको पासमा गोल गर्दै लियोनलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

६८औं मिनेटमा टिनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लियोन खेलमा ४–० ले अघि बढ्यो । ८२औं मिनेटमा डेनिस बोउअंगाले आत्मघाती गोल गरेपछि लियोनले ५–० को फराकिलो जित निकाल्न सफल भयो ।

यो जितसँगै तेस्रो स्थानमा रहेको लियोनको २१ खेलबाट ४३ अंक पुगेको छ । लियोन शीर्षस्थानको पीएसजी र लिलसँग २ अंकले पछि छ । पीएसजी र लिलको समान ४५ अंक भएपनि पीएसजी गोल अन्तरमा शीर्षस्थानमा रहँदा लिल दोस्रोमा छ । पराजित सेन्ट इटिएन १९ अंक जोडेर १६औं स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.