default_image

3 years ago

January 27, 2021

कुुसुमको ह्याट्रिकमा विराटनरगको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – कुसुम खतिवडाले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ । विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा विराटनगरको जितमा कुसुम खतिवडाले ह्याट्रिक पुरा गर्दा अनु राई र सरिता […]

60 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुसुम खतिवडाले ह्याट्रिक पुरा गरेपछि विराटनगर महानगरपालिका मोरङले राष्ट्रिय महिला लिगमा पहिलो जित दर्ता गरेको छ ।

विराटनगरले चन्द्रपुर नगरपालिका रौतहटमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा पहिलो जित दर्ता गरेको हो । एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा विराटनगरको जितमा कुसुम खतिवडाले ह्याट्रिक पुरा गर्दा अनु राई र सरिता शेर्पाले गोल गरिन् ।

खेलको १२औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै विराटनरगलाई अग्रता दिलाइन् । सिर्जना सिंहले दिएको पासलाई उनले एक प्रयासमा एक डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा गोल गरेकी थिइन् ।

१५औं मिनेटमा विराटनगरकी गोलरक्षक कल्पना कार्कीले पेनाल्टी बक्सबाहिर आएर बल रिलिज गरेपछि प्राप्त फ्रिकिकमा रजनी थोकरको फ्रिकिकलाई डिफेन्डरले बचाइन् । ३०औं मिनेटमा सविता रानामगरको प्रहारलाई गोलरक्षक कल्पना कार्कीले बचाएपनि डिफ्लेक्ट भएको आएको बललाई मेनुका आलेले खाली पोस्टमा गोल गर्न सकिनन् ।

३३औं मिनेटमा अनु राईले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनायो । इमा राईको क्रसलाई गोलरक्षक युनिसा राईले पञ्च गर्ने प्रयास गरेपनि त्यसमा प्राप्त बललाई अनुाले गरेको प्रहारलाई कप्तान रोजिना श्रेष्ठले हेडमार्फत बचाउने प्रयास गरेपनि बलले जाली चुमेको थियो । ४४औं मिनेटमा सविता राना मगरको कर्नरलाई गोलरक्षक कल्पना कार्कीले पञ्च गर्दै बचाइन् ।

५१औं मिनेटमा इमा राईको प्रहार पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाइन् । ६३औं मिनेटमा सरिता शेर्पाले गोल गर्दै विराटनगरलाई ३–० ले अघि बढाइन् । इमा राईको कर्नरमा चन्द्रपुरका डिफेन्डरले राम्ररी क्लियर गर्न नसकेको बललाई सरिताले पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरेकी थिइन् ।

७४औं मिनेटमा कुसुम खतिवडाले गोल गर्दै विराटनगरलाई ४–० को फराकिलो जित दिलाइन् । लगत्तै ७५औं मिनेटमा कुसुमले ह्याट्रिक पुरा गर्दै विराटनगरलाई फराकिलो जित दिलाइन् । लिगमा यो पाँचौ ह्याट्रिक हो ।

यसअघि नेपाल एपिएफ क्लबकी सावित्रा भण्डारीले दुई तथा आर्मीकी बिमला चौधरी र चन्द्रपुरकी सविता रानामगरले ह्याट्रिक पुरा गरेकी थिइन् । खेलमा ह्याट्रिककर्ता कुसुम खतिवडा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ५ हजार रुपैया हात पारिन् ।

जितसँगै विराटनगरको तीन खेलबाट ४ अंक पुगेको छ । पराजित चन्द्रपुरको पनि ४ अंक नै छ ।
लिगमा बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा वालिङ नगरपालिका स्याङ्जा र चौदन्डीगढी नगरपलिका उदयपुर तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.