9 years ago
September 29, 2016
गुवाहाटी – भारतको गुवाहाटीमा जारी ६४ औ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार नेपालको रुस्लान थ्रीस्टार क्लबले भारतको ईस्ट बंगाल क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।

थ्रीस्टारले सिक्किम युनाईटेड र ईस्ट बंगालले सिलोङ लाजोङ फुटबल क्लबलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन । ६ बर्ष अघि प्रतियोगिताको फाईनल पुगेर उपाधि जित्न असफल थ्रीस्टारले प्रतियोगिताकै बलियो टोली ईस्ट बंगाललाई फाईनलमा प्रतिद्न्दीका रुपमा पाएको हो ।
थ्रीस्टारले समुह चरणमा नागाल्याण्डलाई ६–१ ले पराजित गरेको थियो भने सिलोङ लाजोङ र ओयल इन्डियासंग १–१ गोलको बराबरी गरेको थियो । एक महिना अघि एएफसी कपको प्लेअफमा छनोट भएको थ्रीस्टारले सेमिफाईनलमा सिक्किम युनाईटेडलाई अतिरिक्त समयको खेलमा ४–१ गोल अन्तरले पराजित गरेको थियो । थ्रीस्टारले विपक्षीको पोष्टमा १२ गोल गरेको छ भने ४ गोल ब्यहोरेको छ । प्रतियोगितामा एक गोल पनि नखाएको ईस्ट बंगालले विपक्षीको पोष्टमा १२ गोल गरेको छ ।
समुह चरणमा ईस्ट बंगालले बंगलादेशका बोनगोविर ओग्रागामी क्लबलाई ६–० ले हराएको थियो भने सिक्किम युनाईटेडलाई २–० ले र गुवाहाटीको स्थानिय क्लबलाई ३–० ले हराएको थियो । सेमिफाईनलमा उसले सिलोङ लाजोङ क्लबलाई १–० ले पराजित गरेको थियो । फाईनल खेल गुवाहाटीको नेहरु स्टेडियममा अपरान्ह सुरु हुने आयोजकले बताएको छ ।
मुख्य प्रशिक्षक मेघराज केसीले इस्ट बंगालसंगको फाईनल खेल रोमाञ्चक हुने बताएका छन् । ‘ईस्ट बंगाल प्रतियोगिताको मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट मध्यको एक क्लब हो । थोरै समयको अन्तरको एउटा शसक्त टिमबिरुद्ध फाईनल खेल्नु पर्दा खेलाडी थकित छन । तर फाईनल खेल सत प्रतिशत मेहनतका साथ जित्नका लागि खेल्ने छौ । आशा छ, खेल पक्कै रोमाञ्चक बन्नेछ ।’
६ बर्ष अघि मेघराज केसीको प्रशिक्षणमा थ्रीस्टारले प्रतियोगिताको फाईनल यात्रा तय गरेको थियो । रक्षापंत्ती बलियो पार्दै विपक्षीको खेल अनुसार आवश्यक रणनीति तयार गरिने प्रशिक्षक केसीको भनाई छ । ‘थ्रीस्टार दबाबमा अझ राम्रो खेल्ने टोली हो, फाईनल भएकाले आवश्यक पनि सबै शक्ति प्रयोग गरेर खेल्ने छौ ।’ उनले थपे ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधी जित्ने मौका पाएका छौ । उपाधि सहित नेपाल फर्कने प्रयास गर्नेछौ ।’
सेमिफाईनल गुमाएका डिफेन्डर पिटर सेगुन फाईनल खेलमा फर्कने छन् । चोट बोेकेका बुद्ध चेम्जोङ, एलन न्यौपाने र प्रकाश बुढाथोकीले उपचार गराई रहेका छन् । फाईनल खेल भएकाले अवस्था अनुसार प्रशिक्षकले सबै खेलाडी खेलाउन सक्ने फिजियो सुरज भसालले बताएका छन् । खेलाडीको अन्तिम अवस्था हेरेर प्लेइङ सेट तयार गरिने प्रशिक्षक केसीले बताएका छन ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]