default_image

3 years ago

January 28, 2021

टोटेनहम र लिभरपुल भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा टोटेनहम हट्स्पर र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहमको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम लिभरपुललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिभरपुललाई हराउन सके टोटेनहम चौथो स्थानमा उक्लनेछ । छैटौ स्थानमा रहेको […]

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति एक खेलमा मात्रै प्रतिस्पर्धा हुँदा टोटेनहम हट्स्पर र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहमको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा टोटेनहम लिभरपुललाई पराजित गर्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लिभरपुललाई हराउन सके टोटेनहम चौथो स्थानमा उक्लनेछ । छैटौ स्थानमा रहेको टोटेनहमको १८ खेलबाट ३३ अंक रहेको छ । टोटेनहमसँग ह्यारी केन, ह्युङ मिन सन, टांगी एनडोम्वेले, स्टेभन वर्गवाइन, मौउसा सिसोको, पिएरे इमिल होएबिएर, इरिक डाएर, सर्जी औरिएर र गोलरक्षक ह्युगो लोरिस रहेका छन् ।

घरेलु मैदानमा २० डिसेम्वर २०२० मा लेस्टर सिटीसँग २–० ले पराजित भएयता टोटेनहम पछिल्लो आठ खेलमा अपराजित रहेको छ । जसमा ६ जित र २ बराबरीको नतिजा छ ।

यता, पछिल्लो समय खस्कदो प्रदर्शन गरिरहेको लिभरपुल टोटेनहमलाई उसकै मैदानमा हराउँदै जितको लयमा फर्कन चाहन्छ । टोटनहमलाई हराउन सके लिभरपुल चौथो स्थानमा उक्लनेछ । पाँचौ स्थानमा रहेको लिभरपुलको १९ खेलबाट ३४ अंक रहेको छ ।

लिभरपुलले पछिल्लो ५ खेलमा एक मात्रै जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ । एक बराबरी खेलेको छ । लिभरपुलसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, एलेक्स अक्सलेड चेम्बरलेन, थियागो अलकान्तरा, जर्जिन्हो वाइनाल्डम, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, जोएल मटिप, एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।

यि दुई टोलीबीचको पछिल्लो २४ खेलको नतिजामा लिभरपुल १३ खेलमा विजयी भएको छ । टोटेनहमले ५ खेल आफ्नो पक्षमा पादौ ६ खेल बराबरीमा सकिएको छ । लिभरपुल २०१७ २२ अक्टोवरमा ४–१ ले पराजित भएयता ७ खेलमा अपराजित छ ।

जसमा ६ जित र एक बराबरीको नतिजा छ । लिभरपुल यही अपराजित यात्रालाई कायम राख्ने दाउमा रहँदा टोटेनहम लिभरपुलसँगको अपराजित यात्रामा पुर्णविराम लगाउने लक्ष्यमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.