default_image

3 years ago

January 29, 2021

बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा

30 views

0 Bookmark

एजेन्सी – राउन्ड अफ ३२ मा रियल म्याड्रिडलाई हराएर सनसनी मच्चाएको एल्कोयानोलाई २–१ ले हराउदै एथ्लेटिक बिल्वाओ कोपा डेल रेको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिल्वाओले एल्कोयानोमाथि उसकै मैदानमा एक गोलले पछि परेको अवस्थामा जित निकालेको हो । बिल्वाओको जितमा एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । एल्कोयानोका पाब्लो कार्वाेनेलको गोल सान्त्वना बन्यो ।

खेलको ३९औं मिनेटमा पाब्लो कार्वाेनेलको गोलबाट अग्रता लिएको थियो । तर, एल्कोयानोले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ५३औं मिनेटमा एसिएर भिल्लालिब्रेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा इनाकी विलियम्सले गोल गर्दै बिल्वाओलाई २–१ को अग्रता दिलाए । उनेल इकर मुनिएनको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बिल्वाओ विजयी हुदै अन्तिम आठमा पुग्न सफल भयो ।

May 6, 2024

नेपाल इङ्ल्यान्ड ‘सि’ सँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली इङ्ल्यान्ड ‘सि’ सँग पराजित भएको छ । इङ्ल्यान्ड नेसनल लिग टोली एल्डरसट टाउनको घरेलु मैदान इबीबी स्टेडियममा सोमबार भएको खेलमा नेपाल २-० ले पराजित भएको हो । नेपाल खेलको सुरुवाती समयका नै दुई गोलले पछि परेको थियो। इंग्लिस टोलीका लागि आठौं मिनेटमा निक काबाम्बाले […]

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

Success

Thank you for your time.