default_image

3 years ago

January 30, 2021

रियल म्याड्रिडलाई लेभान्टेको चुनौती

एजेन्सी – स्पेनिस ला लिगामा आज राति चार खेलमा प्रतिस्पर्धा हुदा रियल म्याड्रिडले घरेलु मैदानमा लेभान्टेको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल अंक नगुमाई शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४० अंक रहेको छ । एक […]

48 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति चार खेलमा प्रतिस्पर्धा हुदा रियल म्याड्रिडले घरेलु मैदानमा लेभान्टेको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा रियल अंक नगुमाई शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । दोस्रो स्थानमा रहेको रियलको १९ खेलबाट ४० अंक रहेको छ । एक खेल कम खेलेको शीर्षस्थानको एट्लेटिकोको ४७ अंक रहेको छ । लेभान्टेलाई हराउन सके रियलले अंक दुरी ४ अंकमा झार्नेछ ।

टोलीसँग करिम बेन्जेमा, इडेन हाजार्ड, भिनिसियस जुनियर, मार्काे एसेन्सियो, टोनी क्रुस, क्यासमिरो, लुका मोड्रिच, इस्को, लुकास भाज्क्वेज, फर्लान्ड मेन्डी, इडर मिलिटाओ, मार्सेलो, राफयल भरान, अल्भारो ओर्डिजोला र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

चोटका कारण कप्तान सर्जियो रामोसले खेल्ने सम्भावना न्युन रहँदा फेडे भाल्भेर्डे, नाचो फर्नान्डेज र रोड्रिगो टोलीमा हुनेछैनन् । यता, लेभान्टे पनि रियललाई उसकै मैदानमा स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । लेभान्टे १९ खेलबाट २३ अंक जोडेर १२औं स्थानमा रहेको छ । रियललाई हराउन लेभान्टे नवौं स्थानमा उक्लनेछ ।

टोलीसँग ड्यानिय गोमेज, रोजर, मिकाइल माल्सा, जोस लुइस मोरालेस, रोचिना, पोस्टिगो र गोलरक्षक एइटरको साथ रहेको छ । यि दुई टोलीको पछिल्लो २१ खेलको नतिजामा रियल १४ खेलमा विजयी भएको छ । चार खेल लेभान्टेले आफ्नो पक्षमा पार्दा ३ खेल बराबरीमा सकिएको छ । गत अक्टोवरमा रियलले लेभान्टेलाई उसकै मैदानमा २–० ले पराजित गरेको थियो ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.