default_image

3 years ago

January 30, 2021

शीर्षस्थानको एसी मिलानको जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले बोलोग्नमाथि उसकै मैदानमा २–१ को झिनो जित निकालेको छ । एन्टी रेविच र फ्रान्क केस्सीले गोल गरेपछि मिलानले बोलोग्नालाई उसकै मैदानमा हराउन सफल भएको हो । घरेलु टोलीका एन्ड्रिया पोलीको गोल सान्त्वना बन्यो । बोलोग्नामा शनिबार राति भएको खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिच पेनाल्टीमा चुकेको […]

29 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले बोलोग्नमाथि उसकै मैदानमा २–१ को झिनो जित निकालेको छ ।

एन्टी रेविच र फ्रान्क केस्सीले गोल गरेपछि मिलानले बोलोग्नालाई उसकै मैदानमा हराउन सफल भएको हो । घरेलु टोलीका एन्ड्रिया पोलीको गोल सान्त्वना बन्यो ।

बोलोग्नामा शनिबार राति भएको खेलको २६औं मिनेटमा ज्लाटन इब्राहिमोभिच पेनाल्टीमा चुकेको थियो । तर ज्लाटनले पेनाल्टी प्रहार गर्नुअघि बोलोग्नाका गोलरक्षक अघि बढेपछि रेफ्रीले पुन पेनाल्टीको अवसर दिदा रेविचले गोल गर्न सफल भएका थिए ।

५५औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानको अग्रता दोब्बर बनायो । ज्लाटनमाथि सौमाओरोले पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा केस्सी चुकेनन् । ८१औं मिनेटमा एन्ड्रिय पोलीले गोल गर्दै खेललाई २–१ को अवस्थामाल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा मिलान २–१ ले विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको मिलानको २० खेल्बाट ४६ अंक पुगेको छ । पराजित बोलोग्ना २० अंब जोडेर १३औं स्थानमा रहेको छ ।

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.