default_image

3 years ago

January 31, 2021

जेससको गोलमा सिटीको झिनो जित

एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले फेरान टोरेसको पासमा गोल गरेका थिए । सेफिल्डमाथि बल पोसेसनमा बलियो पकड […]

25 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि १–० को झिनो जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै सिटीको जितमा निर्णायक बन्यो । उनले फेरान टोरेसको पासमा गोल गरेका थिए । सेफिल्डमाथि बल पोसेसनमा बलियो पकड बनाएपनि सिटीले थप गोल गर्न सकेन ।

शनिबार राति नै म्यानचेस्टर युनाइटेड आर्सनलसँग बराबरीमा रोकिएको पाइदा सिटीलाई पुगेको छ । यो जितसँगै सिटीले शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । सिटीको २० खेलबाट ४४ अंक पुगेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ४१ अंक छ । पराजित सेफिल्ड ८ अंक जोडेर पुछारमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोलका केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा अंक बाड्न बाध्य बन्यो ।

यो बराबरीसँगै युनाइटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । दोस्रो स्थानको युनाइटेडको ४१ अंक रहेको छ । शीर्षस्थानको सिटीको ४४ अंक छ । आर्सनल ३१ अंक जोडेर नवौं स्थानमा छ ।

अन्य नतिजा
एभर्टनविरुद्ध न्युक्यासल (०–), क्रिस्टल प्यालेसविरुद्ध वल्भ्स (०–), वेस्ट ब्रमविरुद्ध फुलहम (२–२), साउथह्याम्टनविरुद्ध एस्टन भिल्ला (०–)

April 27, 2024

बर्नलीसँग म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – रेलिगेसन जोनमा रहेको बर्नली विरुद्ध बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले पाँचौं स्थानमा रहेको टोटेनहम हटस्पर सँग अंकदूरी घटाउने मौका गुमाएको छ । इंग्लिस प्रिमियर लिगमा शनिबार भएको खेलमा युनाइटेड र बर्नलीले १-१ को बराबरी खेलेका हुन् । दोस्रो हाफमा नै लिएको अग्रता अन्त्यसम्म बचाउन नसक्दा युनाइटेड बराबरीमा रोकिएको हो । ७९औं मिनेटमा डिफेन्समा भएको […]

April 27, 2024

महालक्ष्मीसँग आयोजक गोदावरी ‘ए’को हार

ललितपुर– गोदावरी नगरपालिकामा प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा उद्घाटन खेलमा ललितपुरको महालक्ष्मी नगरपालिकाले आयोजक गोदावरी नगरपालिकाको ए टोलीलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा टुंगिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा […]

April 27, 2024

सुदूरपश्चिमको जितमा यशोदाको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद) – यशोदा चिरालको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा शनिबार बागमती प्रदेशलाई एकपक्षीय खेलमा ६–० ले हराएको छ। छनोटमा सुदूरपश्चिमको यो तेस्रो जित हो । बागमतीको भने यो लगातार चौथो हार हो। सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा सुदूरपश्चिमले आधा दर्जन गोल गर्ने क्रममा यशोदाले २६ औं मिनेटमा गोलको खाता खोलिन् । २९औं मिनेटमा […]

Success

Thank you for your time.