default_image

3 years ago

February 5, 2021

मेस्सीका विषयमा बोल्नबाट पोचेटिनो सचेत

एजेन्सी – मौरिसियो पोचेटिनोले फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्हालेको धेरै भएको छैन । तर अर्जेन्टिनी प्रशिक्षकले लिओनल मेस्सी अर्को सिजन पिएसजी आबद्ध हुने सम्भावनाका विषयमा बोल्न अस्वीकार गरेका छन् । नेयमार र एन्जल डि मारियाले मेस्सीलाई पिएसजी ल्याउनु उपयुक्त हुने विचार राख्दै आएका छन् । मेस्सीको बार्सिलोनासँगको सम्झौता केहि महिना मात्र बाँकी रहेकाले […]

31 views

0 Bookmark

एजेन्सी – मौरिसियो पोचेटिनोले फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) सम्हालेको धेरै भएको छैन । तर अर्जेन्टिनी प्रशिक्षकले लिओनल मेस्सी अर्को सिजन पिएसजी आबद्ध हुने सम्भावनाका विषयमा बोल्न अस्वीकार गरेका छन् ।

नेयमार र एन्जल डि मारियाले मेस्सीलाई पिएसजी ल्याउनु उपयुक्त हुने विचार राख्दै आएका छन् । मेस्सीको बार्सिलोनासँगको सम्झौता केहि महिना मात्र बाँकी रहेकाले पनि उनको सरुवाका विषयमा विभिन्न अड्कल चल्दै आएका छन् । तर पोचेटिनो भने प्रतिक्रिया दिनबाट जोगिन खोजेका छन् ।

‘अरुले के भने भन्ने विषयलाई लिएर म केहि बोल्दिन । कारण कतिपय अवस्थामा बोलेको विषयको गलत अर्थ लगाइन्छ,’ उनले भनेका छन्, ‘एक ठाँउमा बोलेको अर्को देशमा पुग्दा र भाषमा पुग्दा भनेको विषयको अर्कै अर्थ लाग्न सक्छ ।’

फ्रेन्च लिग वानमा पिएसजीले बुधबार निम्समाथि ३–० को सहज जित निकालेको थियो । जितसँगै पीएसजी २३ खेलबाट ४८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पीएसजी शीर्षस्थानको लिलसँग ३ अंकले तथा दोस्रो स्थानको लियोनसँग १ अंकले पछि छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.